बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • क्रसमान्डु नेसनल च्याम्पियनसिपमा ध्वजुले जिते उपाधि 

क्रसमान्डु नेसनल च्याम्पियनसिपमा ध्वजुले जिते उपाधि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-धुलिखेलको हिमालयन मोटरल्यान्डमा सम्पन्न क्रसमान्डु नेसनल च्याम्पियनसिपको उपाधि आशुतोष ध्वजुले जितेका छन् । 

शनिबार नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ)को आयोजनामा उक्त च्याम्पियनसिप सम्पन्न भएको हो ।
च्याम्पियनसिपमा अन्य प्रतिस्पर्धिहरुलाई पछि पार्दै ध्वजुले डर्ट बाइक रेसिङको सो उपाधि हात पारेका हुन् ।

त्यस्तै प्रतियोगितामा फस्र्ट रनर अप सुजित ताम्राकार भएका छन् भने सेकेन्ड रनर अप सुवाश कटुवाल भएका छन् । नेसनल च्याम्पियनसिप विजेताहरु आगामी बर्ष भारत, श्रीलंका र नेपालमा हुने कन्टिनेन्टल कपमा सहभागी हुने अवसर पाउने आयोजकको भनाइ छ । 

नेसनल च्याम्पियनसिपका लागि ९ जना प्रतियोगी भिडेका थिए । पहिले पनि यस किसिमको  प्रतियोगितामा भाग लिइसकेका तथा अन्य कुनै अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागी भइसकेका प्रतियोगीहरु मात्र नेसनल च्याम्पियनसिपमा सहभागी भएका थिए ।

नोभिसतर्फको विजेता भने सुशील थापा भएका छन् । प्रतियोगितामा दीपेश क्षेत्री फस्र्ट रनर अप र राजकुमार कार्की सेकेन्ड रनर अप भएका थिए । 

विजेताहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदका साथै शिल्ड, प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा कुल २९ बाइक रेसिङ गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्