भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा २२ हजार युवालाई एमाले प्रवेश गराउन लागिएको दाबी गरेका छन्। एमाले नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले भक्तपुरमा सञ्चालनमा ल्याएको तरकारी बजार उद्घाटन कार्यक्रममा ओलीले यस्तो बताएका हुन्।
'भक्तपुर भुगोलका हिसाबले सानो जिल्ला हो। तर यहाँ ठूला दुई काम हुँदैछन्। हामीले भर्खरै तरकारी बजारको उद्घाटन गरेका छौँ। अर्को २२ हजारको संख्यामा युवाहरूलाई एमालेमा प्रवेश गराउँदैछौँ,' ओलीले भने।
भक्तपुरको विकासका लागि तरकारी बजार सञ्चालनमा ल्याएको भन्दै ओलीले सञ्चालक प्रसाईंलाई धन्यवादसमेत दिएका थिए। उनले तरकारी बजारमा अर्गानिक कृषि थोक बजारका रूपमा विस्तार गर्न पनि शुभकामना दिएका थिए।
तरकारी बजारले ४४ सयलाई रोजगारी दिएको समेत उनको भनाइ छ।