आइतबार, चैत ८, २०८२

कक्षा १२ को परीक्षा स्थगन गर्ने वा नगर्ने निर्णय गर्न बोर्डको बैठक बस्दै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न बैठक बोलाएको छ।
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२  को परीक्षा गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न बैठक बोलाएको छ। बोर्डले साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा गर्ने मिति तय गरेको थियो। तर, स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित सबै परीक्षा स्थगन गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न बोर्डको बैठक आज बस्न लागेको हो।

National life

कोरोना संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस गरेको छ। यस विषयमा आवश्यक निर्णय गर्न बोर्डले शनिबार बिहान ११ बजेबा लागि बैठक बोलाएको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको जोखिम फेरि उच्च हुँदै गएकाले सबै किसिमका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको जानकारी दिएका छन्।

भौतिक रूपमा सञ्चालन नगर्न सरोकारवाला र सरुवा रोग विशेषज्ञहरूले दबाब दिए पनि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने तयारी गरेको छ। भौतिक रूपमा परीक्षा सञ्चालन गर्दा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै परीक्षा नगर्न चौतर्फी दबाब छ। 

परीक्षा रोक्न सामाजिक सञ्जालमा #CancelNEBExams लेखेर विद्यार्थीलगायत सरोकारवालाले अभियान चलाएका छन्। बोर्डले भने भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 07, 2021| 10:06 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्