आइतबार, साउन ३१, २०८३

चुनावी तालमेल भएपनि भरतपुरमा दाबी छोड्दैनौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल भएपनि चितवनको भरतपुर महानगरपालिकामा आफ्नो पार्टीले दाबी नछोड्ने बताएका छन्।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल भएपनि चितवनको भरतपुर महानगरपालिकामा आफ्नो पार्टीले दाबी नछोड्ने बताएका छन्। सत्तारुढ दलहरुबीच चुनावी तालमेल गर्नेबारे शंका नरहेको बताएका अध्यक्ष प्रचण्डले भरतपुरका विषयमा आफ्नो दाबी रहेको अडान राखेका हुन्। 

भरतपुर विमानस्थलमा पत्रकारहरू कुराकानी गर्दै प्रचण्डले भने, 'महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भन्ने छलफल चलिराखेको छ। भरतपुर चितवनमा चाहिँ हामी दाबी छोड्दैनौँ।' कांग्रेसले आवश्यकता अनुसार तालमेल गर्ने भनिसकेकाले तालमेल हुने कुरा प्रष्ट भए। 

भरतपुर महानगरपालिकामा कांग्रेससँग गठबन्धन गरेर २०७४ सालको निर्वाचनमा प्रचण्ड पुत्री रेणु दाहालले मेयर जितेकी थिइन्। भरतपुरका स्थानीय कांग्रेस कार्यकर्ताहरू भने माओवादीलाई छोड्न नसकिने बताउँदै आएका छन्। 

प्रकाशित: Mar 30, 2022| 13:29 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...