बिहीबार, साउन २८, २०८३

लागूऔषधसहित पोखराबाट एक जना पक्राउ

पोखरा महानगरपालिका-४ बाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

कास्की- पोखरा महानगरपालिका-४ बाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

लागूऔषध डाइजेपाम ६२ एम्पुल, फेनारगन ६९ एम्पुल र नुर्फिन ३८ एम्पुलसहित सोही महानगरपालिका-१ सिमपानी बस्ने महोत्तरी बर्दिबास घर भएका ३६ वर्षीय चित्रकुमार मर्साङ्रगीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। 

उनीमाथि जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 30, 2022| 13:13 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।