आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा मंगलबार नौ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा मंगलबार नौ जनाको मृत्यु

कैलाली, गुल्मी, तनहुँ, बागलुङ, काभ्रेपलाञ्चोक, बारा, सर्लाही, मकवानपुर र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा मंगलबार नौ जनाले ज्यान गुमाएका छन्।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- कैलाली, गुल्मी, तनहुँ, बागलुङ, काभ्रेपलाञ्चोक, बारा, सर्लाही, मकवानपुर र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा मंगलबार नौ जनाले ज्यान गुमाएका छन्।

National life

कैलालीको धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित सडकमा सु.प.प्र.०१००१ ह ४९८५ नम्बरको अटोको ठक्करबाट एक जना पैदलयात्रीले ज्यान गुमाएका छन्। उनको पहिचान खुल्न सकेको छैन।

अन्दाजी ६५ वर्षीय पुरुषको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

गुल्मीको मुसिकोट नगरपालिका-७ भुजेलबगरस्थित सडकमा रा१त ४५५८ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने २६ वर्षीय नारायण नगरकोटीको मंगलबार दिउँसो मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Shivam cement

तनहुँको शुक्लागण्डकी नगरपालिका-१० मीनाम खानीस्थित सडकमा ग२च ८२०१ नम्बरको बोलेरो गाडी मंगलबार साँझ दुर्घटना हुँदा गाडीमा सवार बन्दिपुर गाउँपालिका-४ बस्ने २५ वर्षीय सुरेश बहादुर घर्तीको घटनास्थलमै मृत्यु भएको छ। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बागलुङको निसीखोला गाउँपालिका-२ खाडुस्थित सडकमा लु१च ९४८० नम्बरको जीप अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका-१ वस्ने ४७ वर्षीय ऋतु वर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको छ। 

दुर्घटनामा घाइते भएका जिपमा सवार रूपन्देही तिलोत्तमा नगरपालिका-७ बस्ने ३८ वर्षीय सुरेश थापालाई प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ हुँदै थप उपचारको लागि प्रभास अस्पताल पाल्पा रिफर गरिएको छ। 

काभ्रेपलाञ्चोकका पनौती नगरपालिका-२ नयाँगाउँस्थित सडकमा बा५ख ९६५१ नम्बरको निसान मिनि टिपर मंगलबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २५ वर्षीय युबराज दाहालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो। 

बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा ना६४प ९१६७ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालक पर्सा वीरगंज महानगरपालिका-२३ वस्ने २२ वर्षीय राजन कुमार पटेलको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगंज हेल्थ केयर गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको अल्पाइन अस्पताल सिमरामा उपचार भइरहेको छ। 

सर्लाहीको गोडैता नगरपालिका-५ रामवन टोलमा ज२त ६७०९ नम्बरको टयाक्टरबाट मुसुरोमा थ्रेसर लाउने क्रममा उक्त थ्रेसर मेशिनको पछाडिको ईन्जिनको भागको पटाले अचानक पेलिन गई सोही ठाउँ बस्ने दिल महमदको छोरा तीन वर्षीय एसान मन्सुरको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ। 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ स्थित सडकमा ना४त ६९१० नम्बरको ट्याक्टरबाट खसेर सोही उपमहानगरपालिका-८ कमाने बस्ने २३ वर्षीय राजेस मोक्तानको मंगलबार राति मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हुँदै चितवन मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस्तै कास्कीको पोखरा महानगरपालिका-८ सभागृह चोकस्थित सडकमा ना६ख ४७२५ नम्बरको ट्रकले ग१४प ६५९८ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका-१८ बस्ने १८ वर्षीया अन्जना पाइजाको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Mar 30, 2022| 12:44 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।