बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रीमतीको चिरपट र ढुंगा प्रहार गरी हत्या, श्रीमान् पक्राउ

श्रीमतीको चिरपट र ढुंगा प्रहार गरी हत्या, श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

सिन्धुपाल्चोक- श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

श्रीमती ४४ वर्षीया सुकुमाया तामाङलाई चिरपट र ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेखबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनी मंगलबार राति पक्राउ परेका हुन्।

घरायसी बादबिबादको क्रममा तामाङले श्रीमतीलाई चिरपट र ढुंगा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Mar 30, 2022| 12:27 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।