बिहीबार, साउन २८, २०८३

छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला

देशका विभिन्न स्थानमा तीन जनाले ज्यान गुमाएका छन्। काठमाडौं महानगरपालिका-८ गौशलास्थित नमस्ते पूर्बेली गेष्ट हाउसमा एक जनाको शव फेला परेको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- देशका विभिन्न स्थानमा तीन जनाले ज्यान गुमाएका छन्। काठमाडौं महानगरपालिका-८ गौशलास्थित नमस्ते पूर्बेली गेष्ट हाउसमा एक जनाको शव फेला परेको छ।

ज्यान गुमाउनेमा ललितपुर इमाडोल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भएकी २९ वर्षीया बिमला तामाङ रहेकी छन्। उनी मंगलबार मृत अवस्थामा फेला परेकी हुन्। 

यस्तै दैलेख, गुँरास गाउँपालिका-५ चिप्लेडाँडा बस्ने चित्रबहादुर रानाका ११ वर्षीय छोरा मानबहादुर राना सोही ठाउँस्थित भीरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

गत फागुन २३ गतेदेखि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो। 

पर्सा, वीरगंज महानगरपालिका-१६ ईनर्वा भन्सार पछाडि भारत र नेपालको सिमाना दशगजाभित्र सोही महानगरपालिका-२५ खलवा टोला सिर्सिया वस्ने २१ वर्षीय राना उपेन्द्र साहको शव खाल्डोमा गाडिएको अवस्थामा मंगलबार फेला परेको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Mar 30, 2022| 12:19 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।