बुधबार, असार ३१, २०८३

एसएसपी पन्त जब ट्याक्सीको ग्राहक बने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-पुलतीसडकबाट उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जसम्म मिटरमा जान एक वृद्धाले गरेको आग्रह ट्याक्सी चालकले अस्वीकार गरे । 

यो दृश्यलाई नजिकैबाट हेरिरहेका ट्राफिक प्रहरी महाशाखाका निमिक्त प्रहरी प्रमुख एसएसपी वसन्तकुरमा पन्तले ट्याक्सी चालक नजिकै पुगेर आफू टिचिङ जाने प्रस्ताव गरे । सादा पोशाकमा खटिएका उनले चालकलाई आफ्नो परिचय पनि दिए । त्यसपछि ट्याक्सी चालकले आफूले वृद्ध आमासँग गरेको कुरा सत्य नभएको भन्दै ति वृद्धालाई मिटर लिएर जान तयार भएर र लगत्तै त्यहाँबाट हिँडे । 

काठमाडौं उपत्यकामा ट्याक्सी चालकले गर्ने लापरबाहीको यो एक प्रतिनिधि उदाहरण मात्रै हो । ट्राफिक प्रहरीले नियम कडा बनाएर अनिवार्य रुपमा ट्याक्सी मिटरमा हिड्नुपर्ने बताएपनि अझै धेरै ठाउँमा ट्याक्सी चालकहरुले अटेर गर्दै आएका छन् । अझै गाउँबाट पहिलो पटक काठमाडौं आएका सोझा मानिस तथा अपांगता भएका वृद्धवृद्धाका प्रस्तावहरु पनि ट्याक्सी चालकले अस्वीकार गर्ने गरेको गुनासो आएको एसएसपी पन्तले नेपाल समयलाई बताए । 

यस्ता समस्या समाधानका लागि ट्राफिक महाशाखाले निगरानी बढाएको भन्दै पन्तले सर्वसाधारणलाई ठग्ने ट्याक्सी चालकलाई कारबाही चलाएको बताए । 


ट्राफिक प्रहरीले असार महिनामा मात्रै काठमाडौं उपत्यकामा मात्र बढि भाडा लिने नौ सय दुई ट्याक्सीलाई महाशाखाले कारवाहि गरेको छ । अघिल्लो महिनाको तुलनामा बढी भाडा लिने ट्याक्सीलाई गरिएको कारबाही ६५ प्रतिशतले वृद्धि भएको हो । 

महाशाखाका निमित्त प्रमुख एसएसपी पन्तले नियम विपरीत बढि भाडा लिने ट्याक्सीलाई कारवाहि अगाडी बढाएको भन्दै मिटरमा जान नमानेमा ट्राफिक प्रहरीको फोन नम्बर १०३ वा नजिकैको ट्राफिक प्रहरीलाई उजुरी दिन पनि आग्रह गरेका छन् । 

ट्राफिक प्रहरीले नियम उल्लघंन गर्ने ट्याक्सीलाई कारबाहीका साथै नियमित रुपमा सञ्चालन गर्न सहजता ल्याउने कार्यक्रम पनि ल्याएको छ । जस अन्तर्गत ट्याक्सीलाई नम्बरका आधारमा चलाउने व्यवस्थाका लागि ४८ स्थानमा पार्किङस्थल तोकिएको छ । जहाँ चारसय बढी ट्याक्सीले ग्राहकलाई पर्खन सक्छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।