आइतबार, असार ७, २०८३

बैतडीका १४४ क्षेत्रमा कृषि गणना

जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार सबैभन्दा बढी डिलाशैनी गाउँपालिकाका १७ स्थानमा कृषि गणना गरिने भएको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

बैतडी- बैतडीमा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत १४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ। जिल्लामा दश स्थानीय तहका ८४ वटै वडामा कृषि गणना गरिने छ। 

National life

जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार सबैभन्दा बढी डिलाशैनी गाउँपालिकाका १७ स्थानमा कृषि गणना गरिने भएको छ।

दोगडाकेदार गाउँपालिका, पुचौँडी, दशरथचन्द र पाटन नगरपालिकाका १६, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका १५, सुर्नया र पञ्चेश्वर गाउँपालिकाका १२ तथा शिवनाथ गाउँपालिकाका नौ स्थानमा गणना गरिने छ।  

नेपालमा २०१८ सालदेखि प्रत्येक दश वर्षमा कृषि गणना गरिँदै आएको छ। गणनाका लागि १२ सुपरीवेक्षक र ५० गणक खटाइने भएको छ। यही चैत २४ गतेसम्म करारमा नियुक्त गरी चैत २५ गतेदेखि उनीहरुलाई तालिम दिइने पन्तले जानकारी दिए। तालिमपश्चात् आगामी वैशाख ६ देखि जेठ १९ गतेसम्म गणना गरिने छ।

गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लगाइएको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइने छ। यस्तै कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा जग्गामा स्वामित्वको अवस्थालगायतबारे गणकले तथ्याङ्क सङ्कलन गर्ने छन्। 

Shivam cement

कृषिमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्दतिको प्रयोग, माटो परीक्षण, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिने कार्यालयले जनाएको छ। चैत १ गते जिल्ला सदरमुकाममा जिल्ला कृषि गणना कार्यालय स्थापना गरिएको थियो।

प्रकाशित: Mar 30, 2022| 11:37 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।