बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुन्दरीजलमा ट्रकको ठक्करबाट दुई दिदीबहिनीको मृत्यु

सुन्दरीजलमा ट्रकको ठक्करबाट दुई दिदीबहिनीको मृत्यु

काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा टिपरको ठक्कर दुई दिदीबहिनीको ज्यान गएको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा टिपरको ठक्कर दुई दिदीबहिनीको ज्यान गएको छ।

बुधबार बिहान बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका आठ वर्षीया सृष्टि तामाङ र चार वर्षीया श्रेया तामाङको टिपरको ठक्करबाट मृत्यु भएको हो।

उनीहरूको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। बा४ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा८प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका बुवा रोहनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको छ। दुर्घटनापछि टिपर चालक फरार भएका छन्।

प्रकाशित: Mar 30, 2022| 10:51 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।