बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाउँ परिषदको विरोध गरेपछि राजपा कार्यकर्ताबीच कुटाकुट

गाउँ परिषदको विरोध गरेपछि राजपा कार्यकर्ताबीच कुटाकुट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- महोत्तरीस्थित पिपरा गाउँपालिकाको गाउँ परिषदमा झडप भएको छ । राष्ट्रिय जनता पार्टी (राजपा)बाट अध्यक्षमा निर्वाचित विनोद चौधरीले जर्बजस्ती गरेको भन्दै आफ्नै पार्टीका कार्यकर्ताले विरोध गरेपछि झडप भएको हो । 

झडमा परी राजपाका पिपरा गाउँ इकाई कमिटी अध्यक्ष विनित पाण्डेय, वीरेन्द्र कापर, नरेश ठाकुर, हरि साह, वकिल दास लगायतका व्यक्तिलाई चोटपटक लागेको छ । परिषदका प्रमुख अतिथि नवनियुक्त राज्यमन्त्री अभिराम शर्मा उपस्थित रहेकै बेला दुई पक्षबीच झडप भएको थियो ।

गाउँपालिका अध्यक्ष चौधरीले पार्टीसँग छलफल नै नगरी परिषद गर्न खोजेको भन्दै आफ्नै पार्टी राजपाका गाउँ इकाई कमिटीले वहिष्कार गर्ने निर्णय गरेको थियो । पार्टीको विरोधकाबीच परिषद गर्न खोजेपछि असन्तुष्टहरुले परिषदस्थलमा विरोध प्रदर्शन गरेको थियो ।
  
आफूहरुले परिषको विरोध गरेपछि अध्यक्ष चौधरीले आफ्नो मान्छे र प्रहरी लगाई कुटपिट गरेको राजपाका गाउँ इकाई कमिटी अध्यक्ष पाण्डेयको आरोप छ ।

गाउँपालिका अध्यक्ष चौधरीले जनताको भावना विपरित आफू अनुकूल योजनाहरु समावेश गरी जर्बजस्ती परिषद गर्न खोजेकोले वाध्य भएर विरोधमा उत्रिनु परेको राजपाका गाउँपालिका इकाई कमिटीका अध्यक्ष पाण्डेयले बताएका छन् । परिषदबारे गाउँपालिका अध्यक्षले अन्य पार्टीलाई समेत आधिकारिक जानकारी नगराएको पाण्डेयले जानकारी दिए । 

गाउँपालिका अध्यक्षले जर्बजस्ती गरेको परिषदका निर्णयहरु आफूहरुले कुनै हालतमा स्वीकार नगर्ने उनले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।