आइतबार, साउन ३१, २०८३

लोसपाको बैठक बस्दै

स्थानीय तहको चुनावका तयारीबारेमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- स्थानीय तहको चुनावका तयारीबारेमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ। बैठक बुधबार दिउँसो १ बजे बबरमहलस्थित कार्यालयमा बस्ने भएको हो।

स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्रलगायत विषयमा छलफल गर्न बैठक बस्नलागेको नेता लक्ष्मणलाल कर्णले बताए।

बैठकमा समसामयीक राजनीतिक विषयमा समेत छलफल हुने छ। लोसपाका नेताहरू सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलमा रहेकोसमेत बताइएको छ।

प्रकाशित: Mar 30, 2022| 10:34 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...