बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रभावकारी बन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना

प्रभावकारी बन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना

पोखरा महानगरपालिका-१५ पट्नेरीस्थित सुकुम्बासी बस्तीबीचको बाटो ढलान गरेपछि सो क्षेत्रका बासिन्दाले यतिखेर केही हदसम्म भए पनि सुविधासहित सुरक्षाको अनुभूति गरेका हुन्।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

गण्डकी- सानो रकमले जनताका साझा समस्याको समाधान गर्न सकिन्छ भन्ने यहाँको एक सुकुम्बासी बस्तीका बासिन्दा उदाहरणीय बनेका छन्। पोखरा महानगरपालिका-१५ पट्नेरीस्थित सुकुम्बासी बस्तीबीचको बाटो ढलान गरेपछि सो क्षेत्रका बासिन्दाले यतिखेर केही हदसम्म भए पनि सुविधासहित सुरक्षाको अनुभूति गरेका हुन्।

निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना गण्डकी प्रदेशको तीन लाखसहित साढे पाँच लाखको लागतमा नाला र  सात मिटर चौडाइको ६० मिटर लम्बाइ बाटो ढलान गरिएको गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा समक्ष स्थानीय बासिन्दाले बताए।  

पूर्वाधार विकास योजनाअन्तर्गतका २९ लाख बराबरका विभिन्न सातवटा योजनाको स्थलगत अनुगमन गर्दै उहाँले उपभोक्ताको सक्रियतामा भएका विकास निर्माण तोकिएको समय र गुणस्तरीय हुने विश्वास व्यक्त गरे। यस क्षेत्रमा खानेपानी, सडक निर्माणसँगै अन्य आवश्यकता परिपूर्तिका लागि आफ्नोतफ्बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपसभामुख शर्माले त्यसका लागि स्थानीय बासिन्दा सङ्गठित भएर लाग्नु अपरिहार्य छ भने। 

प्रदेशसभा सदस्य कृष्ण थापा र उपसभामुख शर्माको निर्वाचन क्षेत्र पूर्वाधार विकास योजनाको आठ लाखबाट उक्त योजनासहित ढङ्गेसाँघुचोक सडकमा कल्भर्ट र टुटुङ्गामा नाला निर्माण कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष मुक्तिलाल गुरुङले जानकारी दिए।

टुटुङगादेखि परोपकार महासंघको आश्रम हुँदै पटनेरीको बस्तीसम्म पुग्ने बाटो र ढल निर्माण नहुँदा प्रत्येक वर्षाको मौसममा बस्ती उच्च जोखिममा पर्दै गरेको उल्लेख गर्दै उनले प्राकृतिक स्रोत भएर पनि कतिपय घरमा अहिलेसम्म खानेपानीको सुविधा पुग्न नसकेको गुनासो गरे।


प्रकाशित: Mar 30, 2022| 10:25 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।