पोखरा- पोखरा महानगरपालिका-८ सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप एक जना घाइते भएका छन्।
आज बिहान करिब चार बजेको समयमा ना६ख ४७२५ नम्बरको ट्रकले ग१४प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट स्कुटर चालक पोखरा महानगरपालिका–१५ नयाँगाउँ बस्ने १८ वर्षीया अन्जना पाइजाको मृत्यु भएको प्रहरीले जनाएको छ। गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारी ट्रकको ठक्करबाट स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–१० घलेचोक बस्ने १८ वर्षीया मीना गुरुङ घाइते भएकी छन्। उनको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।