आइतबार, साउन ३१, २०८३

प्रधानमन्त्री देउवाले आज बिम्सटेकमा भर्चुअल सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक) सम्मेलनमा सम्बोधन गर्ने भएका छन्।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक) सम्मेलनमा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान ९ बजे भर्चुअल रूपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजबाट सुरु हुने बिम्सटेकमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का यसअघि नै श्रीलंका पुगिसकेका छन्। 

बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्य रहेका छन्। 

प्रकाशित: Mar 30, 2022| 08:49 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...