आइतबार, साउन ३१, २०८३

उद्घाटन र शिलान्यासका लागि प्रचण्ड चितवन जाँदै

नेपाली कांग्रेसले निर्वाचनमा गठबन्धन गर्ने निर्णयपछि प्रचण्ड गृहजिल्लाको माहोल बुझ्न जान लागेका हुन्। उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सवस्टेसनको उद्घाटन गर्नेछन्।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' उद्घाटन र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला जाने भएका छन्। स्थानीय तहको निर्वाचन तोकिएसँगै प्रचण्ड चितवन पटक-पटक पुग्ने गरेका छन्। 

एक हप्ता अगाडि मात्रै उनी गृह जिल्ला चितवनका विभिन्न कार्यक्रममा सहभागी भएर फर्किएका थिए। नेपाली कांग्रेसले निर्वाचनमा गठबन्धन गर्ने निर्णयपछि प्रचण्ड गृहजिल्लाको माहोल बुझ्न जान लागेका हुन्। उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सवस्टेसनको उद्घाटन गर्नेछन्। 

त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्डहल उद्घाटन गर्नेछन्। 

प्रचण्डले पछिल्लो समय देश दौडाहलाई तीव्रता दिएका छन्। स्थानीय तहको निर्वाचन नजिकिएसँगै पार्टीका पक्षमा माहोल सिर्जना गर्न उनी देश दौडाहमा रहेका छन्।

प्रकाशित: Mar 30, 2022| 08:41 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...