बुधबार, असार ३१, २०८३

प्रेमीले नै गराए प्रेमिकाको सामूहिक बलात्कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सामाजिक सञ्जाल फेसबुक धेरैको सम्बन्ध जोड्न र तोड्न दुवैका लागि ठूलो हतियार बनेको छ। फेसबुककै शिकार बनाएर एक प्रेमीले प्रेमिकाको सामूहिक बलात्कार गराएका छन्। 

यो घटना गत बिहीबार रातिको हो। बलात्कृत युवती रामशरण पोखरेलकी प्रेमिका हुन्। दुईबीचको सम्बन्धमा दरार उत्पन्न भएपछि झण्डै एक वर्षदेखि उनीहरू टाढिएका थिए। उनीहरूलाई जोड्ने पुलको माध्यम फेसबुक बन्यो। फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएर रामशरणले आफ्नी प्रेमिकालाई पुराना कुरा बिर्सन र फेरि नयाँ जिन्दगीको शुरुवात गर्ने विषयमा सहमत गराए। 

रामशरणको प्रस्तावलाई विश्वास गरेर उनले आफ्नो प्रेमी पहिलेभन्दा फरक बनेको र अब दुईबीचको सम्बन्धलाई अझै मजबुत बनाउने दुवैले कसम पनि खाए। तर, बिचरी ती युवतीलाई के थाहा उनीमाथि यत्रो ठूलो बज्रपात पर्छ भन्ने। 

पहिलेको पेशाबाट बाहिरिएर गेस्टहाउस चलाउन थालेको बताउने रामशरणले उनलाई भेट्न काठमाडौं कलंकीस्थित आशिर्वाद गेस्ट हाउसमा बोलाए। शुरुमा आफ्नै गेस्टहाउस भनी परिचय दिएका उनले बस्नका लागि कोठाको व्यवस्था गरेका थिए। 

रामशरणसँगै उनका साथी चन्द पछाई पनि थिए। दुवैले दुइटा कोठाको 'बुकिङ' गरेको प्रहरीसँगको बयानका क्रममा युवतीले बताएकी छन्। प्रहरीसँगको बयानका क्रममा युवतीले भनिन्, ‘हामीबीचको छुटिएको सम्बन्ध फेसबुकले जोडेको थियो। उसले पुराना गल्ती सबै सच्याउने र आगामी दिनमा कहिल्यै नराम्रो नगर्ने वाचा गरेपछि उसका कुरा पत्याएँ। मलाई भेट्न आफैंले सञ्चालन गरेको भन्दै आशिर्वाद गेस्ट हाउसमा बोलाएको थियो। त्यहाँ उसका साथी पनि थिए। दुवैसँग बस्न मलाई असहज भइरहेको थियो। त्यसपछि दुइटा कोठामा हामी बस्ने तय भयो।’ उनले घटनाको बेलिविस्तार लगाइन्। 

सँगै बस्दा प्रेमी रामशरण र उनका साथीले सामान्य मदिरा पनि पिएको बताउँदै उनले राति आफूमाथि दुर्व्यवहार भएको बयान दिएकी छन्। बयानका क्रममा उनले भनेकी छन्, ‘मलाई फकाएर दुवै जनाले जबर्जस्ती गरे। रातिको घटना थियो। मैले गुहार माग्न खोज्दा पनि सकिनँ। प्रहरीलाई खबर गर्न पनि दिएनन्। अनि, भोलिपल्ट बिहानै प्रहरीको महिला सेल कालिमाटी आएर उजुरी दिएँ।’युवतीको उजुरीका आधारमा प्रहरीले पोखरेल र पछाईलाई पक्राउ गरेको छ । उनीहरू दुवै सशस्त्र प्रहरीको उपत्यका सुरक्षा बल बलम्बुमा कार्यरत जवान हुन् । उनीहरूविरुद्ध मुद्दा दायर गरी कानूनी कारवाही अगाडि बढाइएको कालिमाटी वृत्तका डीएसपी प्रदीपबहादुर क्षत्रीले नेपाल समयलाई जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।