आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अङ्ग्रेजी माध्यमले विराटनगरका सामुदायिक विद्यालयको स्तर वृद्धि

अङ्ग्रेजी माध्यमले विराटनगरका सामुदायिक विद्यालयको स्तर वृद्धि

यसबाट निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन्। योजनागत कदमकै कारण शैक्षिक क्षेत्रमा गरिएका प्रयास सार्थक बनेका महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गा खतिवडाले बताए।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

विराटनगर- स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ। महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ।

National life

यसबाट निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन्। योजनागत कदमकै कारण शैक्षिक क्षेत्रमा गरिएका प्रयास सार्थक बनेका महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गा खतिवडाले बताए। 

आदर्श र पोखरिया माविले अङ्ग्रेजी माध्यमबाट प्राविधिक शिक्षामा जोड दिएका छन्। दुवैमा बर्सेनि निजी विद्यालय छाडेर भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या अत्यधिक छ। ‘महानगरले संरचना निर्माणका साथै गुरुकुल र मदरसामार्फत हुने पठनपाठनमा सुधार गरेको छ’, उनले भने। शैक्षिक लक्ष्य हासिल गर्न अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरिँदा बीचैमा सामुदायिक विद्यालय छाडेर जाने विद्यार्थीको संख्या घट्न थालेको छ।

विराटनगरको आदर्श विद्यालय यस क्षेत्रकै उदाहरणीय बनेको पूर्वप्राचार्य विष्णुप्रसाद लामिछाने बताउछन्। आदर्शमा तल्लो कक्षामा मन्टेश्वरी तथा माथिल्लोमा कम्प्युटर प्राविधिकतर्फको अध्यापनमा जोड दिइएको छ। आदर्शमा हाल झण्डै दुई हजार विद्यार्थी अध्ययनरत् छन्। पोखरियामा पनि  विद्यार्थीको आकर्षण बढ्दो छ। 

विराटनगरको महेन्द्र माविले कम्प्युटर शिक्षामा जोड दिएको छ। अडियो भिजुअल कक्षामा जोड दिएपछि निजी विद्यालयकै हाराहारीमा गुणस्तरीय र सुविधा सम्पन्न पूर्वाधारको उपभोग गरी पठनपाठन गरिँदै आएको प्राचार्य चन्द्रप्रसाद साहले बताए। ‘कोरोनाले दुई वर्ष कठिनाइ भयो, पछिल्लो समय विपन्न परिवारका विद्यार्थीलाई प्राविधिक शिक्षामा जोड्न चालिएको कदम सही सावित भएको छ’, उनले भने।

Shivam cement

दिनेश मण्डल सरकारी विद्यालयमा कम्युटरसम्बन्धी शिक्षा लिन पाएकामा खुसी छन्। ‘पहिलादेखि आइटीसम्बन्धी पढ्न मन थियो। निजीमा महँगो शुल्कले भर्ना हुन सकिन’, उनले भने। 

जनता मावि परिसरमा बहुप्राविधिक शिक्षालय सुरु गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले  बताए। प्राविधिक शिक्षामा विपन्नको पहुँच पुगेको उनी बताउछन्। ‘पाँच वर्षमा शिक्षा क्षेत्रको भौतिक पूर्वाधारमा सुधार गर्‍यौँ, शिक्षाको गुणस्तर सुधार्नसमेत पहल भयो, अब परिणाम देखिन थालेको छ’, उनले भने।

विद्यालयले समावेशी शिक्षामा जोड दिँदै प्रारम्भिक बाल विकासका लागि मन्टेश्वरी विधिबाट पठनपाठन गरिरहेको छ। खेल सामग्रीसहित बाल कक्षा सञ्चालन गरी खाजा कार्यक्रम सुरु गरिएको छ। यसले विद्यार्थीको आकर्षण बढेको पराजुली बताउछन्। 

महानगर प्रमुख पराजुलीले आफ्नो पारिश्रमिक हस्तान्तरण गरी दुई आधारभूत विद्यालयमा भौतिक पूर्वाधार निर्माण गर्न सहयोग गरे। नगरका अन्य आधारभूत विद्यालयको उनले नियमित अनुगमन गर्दै आउएका छन्। पोखरीया माविमा नयाँ भवन निर्माण हुँदैछ। अन्य विद्यालयमा महानगरले यातायातको साधन व्यवस्थापनमा सहयोग गर्दै आएको छ। 

सुशिक्षा निकुञ्ज आधारभूत विद्यालय हाटखोलाका प्रधानाध्यापक चक्रप्रसाद पोखरेल महानगरको प्रयास सकारात्मक रहेको बताउछन्। ‘शिक्षक र कर्मचारीको दरबन्दी मिलान तथा माग पूर्ति गर्न आवश्यक छ, खेल सामग्रीसमेत उपलब्ध गराउनुपर्छ’, उनले भने।  रासस

प्रकाशित: Mar 30, 2022| 10:00 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।