आइतबार, फागुन १७, २०८२

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोप

हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन्। निर्देशनालयका सूचना अधिकारी पदम केसीले एक लाख सात हजार ६८१ ले बुस्टर डोज लगाएको जानकारी दिए।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

kumari

कर्णाली- कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्। 

हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन्। निर्देशनालयका सूचना अधिकारी पदम केसीले एक लाख सात हजार ६८१ ले बुस्टर डोज लगाएको जानकारी दिए।

हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ। कर्णालीमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको छ।  पछिल्लो समय कर्णालीमा कोरोना संक्रमण दर न्यून छ। हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या २६ रहेको छ।

प्रकाशित: Mar 30, 2022| 09:35 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।