बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बूढानीलकण्ठ स्कुलद्वारा छात्रवृत्तिका लागि आवेदन माग

बूढानीलकण्ठ स्कुलद्वारा छात्रवृत्तिका लागि आवेदन माग

बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन आह्वान गरिएको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन आह्वान गरिएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौं तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयमा कक्षा ५ देखि आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययन गर्न चाहनेका लागि आवेदन आह्वान गरिएको हो। 

आवेदन दिने विद्यार्थी वि.सं. २०६८ वैशाखदेखि २०६९ चैत मसान्तभित्र जन्म भई कम्तीमा २ वर्ष अगाडिदेखि सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०७८ मा कक्षा ४ अध्ययन पूरा गरेको हुनुपर्नेछ। 

विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुने गरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यता क्रमका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिने विद्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

परीक्षाका लागि २०७९ वैशाख १८ गते आइतबार दिउँसो १ देखि ४ बजेसम्म र वैशाख १९ गते सोमबार विहान ८ बजेदेखि १० बजेसम्म फर्म बुझउन सकिनेछ।



प्रकाशित: Mar 30, 2022| 09:20 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।