बुधबार, पुस ३०, २०८२

विश्व बजार रुसको ग्यास र तेलमा कति निर्भर?

विभिन्न युरोपीय संघका देशमा जाने प्राकृतिक ग्यासमा रुसको हिस्सा अझै लगभग ४० प्रतिशत रहेको छ। यदि स्रोत बन्द भएको अवस्थामा इटली र जर्मनी विशेष रूपमा संकटमा पर्ने छन्।
 |  बुधबार, चैत १६, २०७८

बीबीसी

बीबीसी

बुधबार, चैत १६, २०७८

काठमाडौं- अमेरिका र युरोपीय संघ तरल प्राकृतिक ग्यासको आपूर्ति गर्ने एक सम्झौतामा सहमत भएका छन्। रुसको ऊर्जामाथि युरोपको निर्भरता घटाउनका लागि अमेरिका युरोपलाई ग्यास (एलएनजी)को आपूर्ति गर्ने भएको छ।

National life

फेब्रुअरीमा युक्रेनमा भएको हमलापछि रुसबाट तेल र ग्यासको आयातमाथि प्रतिबन्ध लगाइएपछि अमेरिकाले उक्त सम्झौता गर्न चाहेको हो।

अमेरिकाले रुसबाट हुने तेल, ग्यास र कोइलाको आयातमाथि पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ। त्यसपछि ब्रिटेनलाई यस वर्षको अन्त्यसम्म रुसबाट हुने तेलको आपूर्ति बन्द गर्नुपर्ने छ। 

युरोपीय संघले नै रुसबाट आयात हुने ग्यासलाई दुई तिहाइ कम गर्ने भएको छ। ब्रिटेन सरकारले वैकल्पिक सप्लाई खोज्नका लागि पर्याप्त समय मिल्ने बताएको छ।

रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोवाकले रुसको तेल नखरिदेको अवस्थामा विश्व बजारमा विनाशकारी असर पुग्ने दाबी गरेका छन्।

Laxmi sunrise bank
kumari
अमेरिकाले साउदी अरबलाई तेल उत्पादन बढाउन आग्रह गरेको छ। तर, साउदी अरबले तेलको मूल्य घटाउनका लागि उत्पादन बढाउने अमेरिकी अनुरोधलाई पहिले नै खारेज गरिदिएको छ।
यतिबेला विश्व बजारमा नै तेल र ग्यासको मूल्यमा तीव्र वृद्धि भएको छ। यस्तो अवस्थामा रुसको तेल निर्यातमा रोक लगाइए थप मूल्य वृद्धि हुने आकलन गरिएको छ।

अमेरिका र साउदी अरबपछि रुस विश्वको कच्चा तेल निर्यात गर्ने तेस्रो ठूलो मुलुक हो। रुसले प्रतिदिन लगभग ५० लाख ब्यारेल कच्चा तेल निर्यात गर्छ।

यसमध्ये आधाभन्दा बढी तेल युरोपमा जाने गर्थ्यो। रुसी तेलमाथि अमेरिकाको निर्भरता कम छ। २०२० मा अमेरिकामा लगभग ३ प्रतिशत तेल रुसबाट आउँथ्यो।

ऊर्जा नीतिमाथि अनुसन्धान गर्ने बेल म्याकविलियम्सले ग्यासको तुलनामा तेल आपूर्तिको विकल्प खोज्नु सहज भएको बताएका छन्। किनकि रुसबाट कमै तेल आयात हुन्छ। बाँकी तेल अन्य देशहरूबाट आयात हुन्छ।

अमेरिकाले साउदी अरबलाई तेल उत्पादन बढाउन आग्रह गरेको छ। तर, साउदी अरबले तेलको मूल्य घटाउनका लागि उत्पादन बढाउने अमेरिकी अनुरोधलाई पहिले नै खारेज गरिदिएको छ।

तेल आपूर्ति गर्ने देशको संगठन ओपेकमा साउदी अरब सबैभन्दा ठूलो उत्पादक हो। अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको लगभग ६० प्रतिशत कारोबार ओपेकले नै गरिरहेको छ। तेलको मूल्य तय गर्नका लागि ओपेकको भूमिका महत्त्वपूर्ण छ। अहिलेसम्म ओपेकका कुनै पनि देश तेल उत्पादन बढाउन सहमत भएका छैनन्।

रुस हाल ओपेकको सदस्य छैन। तर, तेल उत्पादकको आय सुधार्नका लागि उसले 'ओपेक प्लस'को नाममा २०१७ देखि ओपेकसँग मिलेर काम गरिरहेको छ।

अमेरिका भेनेजुएलामाथि लगाएको तेल निर्यातको प्रतिबन्ध फुकाउन विचार गरिरहेको छ। भेनेजुएला पहिले अमेरिकामा सबैभन्दा बढी तेल निर्यात गर्दै आएको थियो। तर, अहिले भेनेजुएलाको तेल सबैभन्दा बढी चीनमा निर्यात हुने गरेको छ।

विभिन्न युरोपीय संघका देशमा जाने प्राकृतिक ग्यासमा रुसको हिस्सा अझै लगभग ४० प्रतिशत रहेको छ। यदि स्रोत बन्द भएको अवस्थामा इटली र जर्मनी विशेष रूपमा संकटमा पर्ने छन्।

रुसले अहिले पनि ब्रिटेन आउने ग्यासको आपूर्ति लगभग पचा प्रतिशतले गरिरहेको छ। तर, अमेरिकाले अहिले रुसबाट ग्यास आपूर्तिमा पूर्ण रोक लगाएको छ।

युक्रेन युद्धपछि प्रतिबन्धका कारण युरोप, ब्रिटेन र केही हदसम्म अमेरिकामा ग्यासको मूल्यमा वृद्धि भएको छ। तर, पुनः बढेको मूल्य घट्दो क्रममा छ।

अमेरिका यस वर्षको अन्त्यसम्म युरोपका देशहरूलाई १५ अरब घन मिटर तरल प्राकृतिक ग्यास निर्यात गर्न सहमत भएको छ।

यसको उद्देश्य कमसेकम २०३० सालसम्म अमेरिका ५० अरब घन मिटर अतिरिक्त ग्यासको आपूर्ति गर्न चाहन्छ।

ऊर्जा नीतिमाथि अनुसन्धान गर्ने बेन म्याकविलियम्सले भने रुसबाट निर्यात हुने ग्यासको विकल्पको खोजी गर्नु सहज नभएको बताएका छन्। 

प्रकाशित: Mar 30, 2022| 07:14 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।