आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागलुङको निसीखोलामा पिकअप दुर्घटना हुँदा एक एमाले नेताको मृत्यु

बागलुङको निसीखोलामा पिकअप दुर्घटना हुँदा एक एमाले नेताको मृत्यु

दुर्घटनामा परी ढोरपाटन–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो। उनी नेकपा एमाले ढोरपाटन नगर कमिटीका अध्यक्ष हुन्।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८
National life
Shivam cement

बागलुङ - जिल्लाको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका–२ थारुखोलामा दुर्घटना भएको हो। 

दुर्घटनामा परी ढोरपाटन–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो। उनी नेकपा एमाले ढोरपाटन नगर कमिटीका अध्यक्ष हुन्। दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ वर्षीया सुरेश थापा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेको छ। घाइतेको उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै गरेको हवारीले बताए।

प्रकाशित: Mar 29, 2022| 22:01 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।