शुक्रबार, कात्तिक २८, २०८२

मकवानपुरमा स्थानीय निर्वाचन सुरक्षा तयारी

स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन त्यसलाई लक्षित गरी मकवानपुरको आन्तरिक सुरक्षा योजना बनाइएको छ। जिल्लाका १६५ निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

हेटौंडा- स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन त्यसलाई लक्षित गरी मकवानपुरको आन्तरिक सुरक्षा योजना बनाइएको छ। जिल्लाका १६५ निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ। 

National life

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार निर्वाचनका लागि १९ अतिसंवेदनशील, ६० संवेदनशील र ८६ सामान्य गरी मतदानस्थललाई विभाजन गरिएको छ। राक्सिराङ, कैलाश, वाग्मती र बकैया गाउँपालिकाका केही मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको उनले बताए। जिल्लामा ३५९ निर्वाचन केन्द्र रहेका छन्।

विगतको निर्वाचनको समीक्षासहित सञ्चार र यातायातको पहुँचका आधारमा प्रशासनले केन्द्र विभाजन गरेको हो। यसै हप्ताभित्र निर्वाचन स्थल तथा केन्द्रका लागि आवश्यक पर्ने तयारी गरिने प्रजिअ पाण्डेले बताए। संघीय सरकारले स्थानीय तहको निवार्चनको एकीकृत सुरक्षा नीति तयारी गरिसकेकाले काम गर्न सहज हुने जानकरी दिँदै उहाँले मतदानस्थलको संवेदनशीलताका आधारमा विशेष सुरक्षा योजना बनाएर लागू गरिने बताए।

'निर्वाचनलाई मध्यनजर गरी राजनीतिक दलसँग निन्तर संवाद र छलफल भइरहेको छ,' उनले भने। 

प्रकाशित: Mar 29, 2022| 22:50 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।