बुधबार, असार ३१, २०८३

जिन्दगी, रिल्याक्स प्लिज ! सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ-योग विज्ञान तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारीको नवीनतम कृति 'जिन्दगी, रिल्याक्स प्लिज !' शनिबार एक कार्यक्रमबीच सार्वजनिक भयो । कृतिको विमोचन डा. अरुण उप्रेती,  मानवअधिकारकर्मी कृष्ण पहाडी, आर्ट अफ लिभिङका ग्लोबल कोअर्डिनेटर नीरज कोहली र लेखक स्वयम्ले गरेका छन् । 

कार्यक्रममा डा. उप्रेतीले भनिन्-'मानिस प्रत्येक क्षण 'रिल्याक्स्ड' छैनन् । अहिलेको जमानामा मानिस दिनको शुरुवातबाटै मोबाइलबाटै तनाव शुरु हुन्छ ।'यस्तो अवस्थामा मानिसलाई रिलाक्स्ड हुने ढोका खोलिदिने उनको भनाइ छ । साथै मानिसहरुको अप्राकृतिक जीवनशैली र जङ्कफुड आदिको सेवनबाट विभिन्न रोग लागेको र यसबाट मानिसले वास्तविक सुख एवम् खुसी अनुभव गर्न नपाएको उनले बताइन । 

कार्यक्रमका अर्का वक्ता पहाडीले आफू बसेको समाजमै खुसी लुकिरहेको तर त्यसलाई देख्न नसक्दा मानिस भौंतारिइरहेको बताए । पुस्तक विमोचन कार्यक्रमलाई नै लक्ष्य गरी उनले भने, 'डा. राजुजीले सबैलाई रिल्याक्स्ड हुनुपर्छ भनेर पुस्तकमा भन्नुभयो, तर अघि कार्यक्रम सुरू हुनुअघि कतै दर्शक पो कम हुने हुन् कि भन्नेमा उहाँ नै बढी चिन्तित हुनुहुन्थ्यो ।'

साथै उनले हालै रसियामा सम्पन्न विश्वकपलाई जोडेर पनि खुसी हुने सन्दर्भमा केही रोचक कुरा उल्लेख गरे । 'विश्वकप जितेकाले फ्रान्स उसै पनि खुसी भयो, त्यहाँका जनताले त्यसको साटासाट गरे,' उनले भने, 'तर यसमा क्रोएसिया पनि कम खुसी भएन, उनीहरुले पनि उत्तिकै खुसी मनाए । किनभने, उनीहरु यसअघिको विश्वकपमा तेस्रो भए, अहिले दोस्रो स्थान हासिल गरे, अब उनीहरुको अपेक्षा पहिलो हुने छ ।' तसर्थ मानिसले खुसीलाई खोज्न सक्नुपर्ने उनले बताए । खुसीका माध्यमबाट नै संसारलाई जित्न सकिने उनको विश्वास छ । 

कार्यक्रममा कोहलीले भने, 'मानिसको आधा जीवन पैसाको पछि लाग्दै सकिन्छ । र बाँकी जीवन पैसा खोज्दाखोज्दै सकिएको स्वास्थ्य खोज्दै सकिन्छ ।' मानिसले ठूलो उपलब्धि हासिल गर्नेभन्दा पनि आन्तरिक खुसी प्राप्तिका लागि आफ्ना क्रियाकलापलाई केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, 'आन्तरिक जीवन रिल्याक्स्ड भयो भने मात्र हाम्रो जीवन सफल हुन्छ ।'

लेखक अधिकारी भने, 'तनाव र दिक्दारीको युगमा खुसी हुने कलाको व्यवहारिक सौगात हो 'जिन्दगी, रिल्याक्स प्लिज' । उनले थपे, 'स्वान्तसुखाय अर्थात् आफूमा आफैं खुसी हुने चाबीहरु पुस्तकमा प्रस्तुत गरिएको छ ।' पूर्वीय आनन्द विज्ञान र पाश्चात्य खुसी विज्ञानको समिश्रण पुस्तक रहेको उनको भनाइ छ । कार्यक्रममा लेखक अधिकारी र उनका सहयोगीले योगाभ्यासको प्रदर्शनसमेत गरेका थिए । 

यसअघि डा. अधिकारीका 'खाने कसरी पिउने कसरी', 'योग पनि गरौं भोग पनि गरौं', 'तपाईंका लागि योग' र 'यस्तो होस् जीवनशैली' नामक कृति प्रकाशन भइसकेका छन् । 

'जिन्दगी, रिल्याक्स प्लिज !' पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसको मूल्य ४४० रुपैयाँ रहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।