बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त

सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गरेकी छन्। श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि नियुक्त भएका हुन्।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गरेकी छन्। श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि नियुक्त भएका हुन्। 

संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकबाट सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका श्रेष्ठलाई राष्ट्रपतिले मंगलबार नै नियुक्त गरेकी हुन्। 

यसअघि उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश भएका श्रेष्ठलाई न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने संवैधानिक व्यवस्था छ। एक न्यायाधीशको पद रिक्त रहेकोमा श्रेष्ठको नियुक्तिसँगै सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको पदपूर्ति भएको छ।


प्रकाशित: Mar 29, 2022| 20:34 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।