विराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीय तह निर्वाचनलाई लक्षित गरी इजाजत प्राप्त हतियार बुझाउन अनुरोध गरेको छ।
प्रशासन कार्यालयले मंगलबार सूचना जारी गरी इजाजत प्राप्त हतियारहरु स्थानीय तहको निर्वाचन पछि फिर्ता हुनेगरी नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको हो।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आगामी चैत मसान्त भित्रमा हतियार बुझाउन समय दिएको बताए। उनले भने,‘निर्धारित समयसम्म हतियार नबुझाए प्रचलित कानुन बमोजिम हुनेछ।’