आइतबार, साउन ३१, २०८३

आकांक्षी धेरै भएपछि कांग्रेसले बनाउन सकेन संसदीय समिति

सानो आकारको समिति बनाउने प्रयास भएपनि त्यो सम्भव नभएको उनको भनाइ छ। उनले ५ जना सदस्य थप्न प्रस्ताव गरेको त्यो विषय विवादित बन्न सक्ने भएकाले सभापति देउवा नै त्यसबाट पछि हटेको उनको भनाइ छ।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं- शुक्रबारदेखि सुरु भएर मंगलबार सकिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले चुनावमा टिकट वितरण गर्न संसदीय समिति बनाउने अपेक्षा गरिएको थियो। तर बैठकको निर्णय सार्वजनिक हुँदासम्म कांग्रेसले संसदीय समिति बनाउन सकेन। 

कांग्रेसका एक पदाधिकारीका अनुसार समितिमा पदाधिकारीबाहेक ११ जना थपेर समिति बनाउने तयारी गरिएपनि त्यसमा आकांक्षी धेरै देखिएपछि समिति बन्न नसकेको हो। 'पदाधिकारीबाहेक  ११ जना थपेर संसदीय समिति बनाउने हो। यहाँ आकांक्षी धेरै छन्,' ती पदाधिकारीले भने, 'महाधिवेशनका बेला आश्वाशन दिइएका नेताहरू पनि धेरै नेता छन्। ती सबैलाई व्यवस्थापन गर्न गाह्रो भएकाले तत्कालका लागि समिति बनाउने कुरा थाती रहेको हो।'

सानो आकारको समिति बनाउने प्रयास भएपनि त्यो सम्भव नभएको उनको भनाइ छ। उनले ५ जना सदस्य थप्न प्रस्ताव गरेको त्यो विषय विवादित बन्न सक्ने भएकाले सभापति देउवा नै त्यसबाट पछि हटेको उनको भनाइ छ। 

'धेरै गाह्रो छ सभापतिलाई। आफैँलाई भोट दिएका मानिसहरू छुट्ने भएपछि अप्ठ्यारोमा पर्नुभयो,' ती पदाधिकारीको भनाइ छ। 

बैठकले आगामी चुनावमा स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ। 

प्रकाशित: Mar 29, 2022| 18:14 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...