सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • पूर्वका उद्योगमा दैनिक १४ घण्टासम्म लोडसेडिङ, कुलमान सम्पर्कमा आउन नचाहेको उद्योगीको आरोप

Siddartha premir insuranceSiddartha premir insurance

पूर्वका उद्योगमा दैनिक १४ घण्टासम्म लोडसेडिङ, कुलमान सम्पर्कमा आउन नचाहेको उद्योगीको आरोप

एक सातादेखिको लोडसेडिङका कारण पूर्व क्षेत्रका उद्योगको उत्पादनमा ६० प्रतिशतभन्दा बढी गिरावट आएको छ।
 |  मंगलबार, चैत १५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

विराटनगर– एक सातादेखिको लोडसेडिङका कारण पूर्व क्षेत्रका उद्योगको उत्पादनमा ६० प्रतिशतभन्दा बढी गिरावट आएको छ।

triton college

पछिल्लो एक सातायता दैनिक औद्योगिक फिडरमा १२ देखि १४ घण्टासम्म लोडसेडिङ भएका कारण उत्पादनमा व्यापक गिरावट आएको उद्योगीहरुले बताएका छन्।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ (सीएनआई) ले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी लोडसेडिङका कारण उद्योगले ६० प्रतिशत उत्पादन कटौती गरिएको बताएका छन्। विद्युत प्राधिकरणले औद्योगिक फिडरमा १२ घण्टाको लोडसेडिङ गर्ने भनिए पनि १४ घण्टा लोडसेडिङ भइरहेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए।

उनले भने, ‘१४ घण्टा लोडसेडिङ हुँदा ८ घण्टामात्र उत्पादन गर्न सकिन्छ।’ प्राधिकरणले १ मेगावाटभन्दा कमका उद्योगमा लोडसेडिङ नगर्ने जनाए पनि सबै उद्योगको लाइन काटिरहेको उनको भनाइ छ। कोभिडको कहरबाट भर्खरै बौरिन थालेको औद्योगिक क्षेत्र तरलताको संकट, बैंकको ब्याज वृद्धि हुँदै पछिल्लो चरणमा लोडसेडिङबाट उठ्नै नसक्ने अवस्थामा पुगेको उनले बताए  भारतसित खरिद गरेको चार घण्टाको पिक आवरको विद्युतको दरभाउका नाममा १२ देखि १४ घण्टासम्म औद्योगिक फिडरको बिजुली नकाट्न रिजालको आग्रह छ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले प्राधिकरणले राति ८ देखि १२ बजेसम्म चार घण्टाको अवधिका लागिमात्र भारतसित भारु २० रुपैयाँमा विद्युत खरिद गरिरहेको बताए। उनले भने, ‘चार घण्टा महँगोमा खरिद गरेको उदाहरण देखाएर १२ देखि १४ घण्टासम्म उद्योगमा लाइन काट्नु कतिको जायज हो?’

Metro Mart
vianet

अध्यक्ष प्याकुरेलले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विगत तीन दिनदेखि उद्योगीको सम्पर्कमा आउन नचाहेको आरोप लगाए। गत सातामात्रै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जुनसुकै मूल्यमा भए पनि उद्योग व्यवसाय क्षेत्रलाई विद्युत उपलब्ध गराउने, लोडसेडिङ नगर्ने आवश्वासन दिएको अध्यक्ष प्याकुरेलले बताए । 

सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले प्राधिकरणले अहिलेसम्म उद्योगीलाई लोडसेडिङको तालिका दिन नसकेको बताए। उद्योगीहरुले काठमाडौंको बालाजु औद्योगिक क्षेत्र लगायतका उद्योग प्रतिष्ठानहरुमा विद्युत अवरुद्ध नभई निरन्तर सञ्चालन रहेको तर सुनसरी मोरङ औद्योगिक करिडोरमा विद्युत आपूर्ति नभएको बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले पनि विद्युत आपूर्तिलाई तत्काल सहज बनाउन माग गरेको छ। महासंघका प्रदेश १ अध्यक्ष टीकाराज ढकालले विज्ञप्ति जारी गर्दै अघोषित लोडसेडिङका कारण उद्योग व्यवसाय धराशायी बन्दै गइरहेको उल्लेख गरे। भारतबाट विद्युत खरिद गरी आपूर्ति गर्न महँगो हुने र प्राधिकरण नोक्सानीमा जाने कारण देखाउँदै औद्योगिक प्रयोजनमा अघोषित लोडसेडिङ गरेपछि उद्योगहरुमाथि ठूलो बज्रपात परेको ठहर महासंघको छ।

प्रकाशित: Mar 29, 2022| 17:13 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।