आइतबार, साउन ३१, २०८३

चुनावी तालमेल स्थानीय आवश्यकताअनुसार : कांग्रेस

नेपाली कांग्रेसले स्थानीय आवश्यकताअनुसार चुनावी तालमेल गर्ने भएको छ।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमार्डौं– नेपाली कांग्रेसले स्थानीय आवश्यकताअनुसार चुनावी तालमेल गर्ने भएको छ। सानेपामा जारी केन्द्रीय समिति बैठकले औपचारिक रुपमा आजै गठबन्धनबारे निर्णय गर्नेछ।

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले निर्णयको ड्राफ्ट तयार भएको र सभापति शेरबहादुर देउवालाई व्रिफिङ गर्न लागिएको बताए। त्यसपछि बैठकले औपचारिक निर्णय गर्नेछ।

गठबन्धनको मोडालिटी तयार गर्न आजै कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका थिए। कांग्रेसले गठबन्धनको सट्टा चुनावी तालमेल शब्द प्रयोग गरेर मध्यमार्गी बाटो खोज्ने तयारी गरेको छ। केन्द्रीय समिति बैठकमा शेखर कोइराला समूहले गठबन्धन गर्न नहुने अडान लिएपछि चुनावी गठबन्धनको सट्टा स्थानीय आवश्यकताअनुसार चुनावी तालमेल शब्द राखेर मध्यमार्गी बाटोबाट निर्णय गर्न लागिएको हो।

शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा चुनावी तालमेलबारे घनिभूत छलफल भएको थियो।
प्रकाशित: Mar 29, 2022| 16:28 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...