आइतबार, साउन ३१, २०८३

पलाउ र दक्षिण सुडानसँग नेपालको कूटनीतिक सम्बन्ध कायम

'नेपालले गणतन्त्र पलाउ र दक्षिण सुडान कूटनीतिक सम्बन्ध कायम गरेको छ,' उनले भनिन्। यससँगै नेपालको १७५ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं- नेपालले थप दुई देशसँग कूटनीतिक सम्बन्ध कायम गरेको छ। सोमबार नेपालको परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले गणतन्त्र पलाउ र दक्षिण सुडान कूटनीतिक सम्बन्ध कायम गरिएको जानकारी दिएकी हुन्। 

'नेपालले गणतन्त्र पलाउ र दक्षिण सुडान कूटनीतिक सम्बन्ध कायम गरेको छ,' उनले भनिन्। यससँगै नेपालको १७५ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ। 

नेपालबाट बाहिर पुगेका पुरातात्त्विक महत्वका ७९ वटा सम्पदा स्वदेश फर्काइएको पनि उनले जानकारी दिइन्। तिब्बतबाट २८, कलकत्ताबाट १३, बेलायतबाट १९, अमेरिकाबाट १७, अष्ट्रियाबाट १ र जर्मनीबाट १ थान सम्पदा नेपाल फिर्ता ल्याइएको हो। 

यसका साथै नेपालको परराष्ट्र मन्त्रालय र दक्षिण अफ्रिकाको परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्रको स्थापना गर्ने सम्झौतामा दुई देशका परराष्ट्र सचिवको स्तरमा हस्ताक्षर भएको पनि उनले उल्लेख गरिन्। नेपाल र बंगलादेशका परराष्ट्र सचिव स्तरीय तेस्रो बैठक आगामी अप्रिल ११ देखि १३ सम्म पोखरामा हुने पनि उनले जानकारी दिइन्।

प्रकाशित: Mar 29, 2022| 16:13 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...