सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थुनामुक्त भएर मुद्दा लड्न माग गर्दै जिल्लाको आदेशविरुद्ध पल शाह उच्च अदालतमा

थुनामुक्त भएर मुद्दा लड्न माग गर्दै जिल्लाको आदेशविरुद्ध पल शाह उच्च अदालतमा

नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पल शाहले जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावदेन गरेका छन्।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं– नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पल शाहले जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावदेन गरेका छन्।

National life

तनहुँ अदालतले पुर्पक्षको लागि थुनामा पठाउन दिएको आदेश बदर गरीपाउँ भन्दै उनका कानुन व्यावसायीले मंगलबार उच्च अदालतमा पुनरावेदन गरेका हुन्। 

‘शाहका कानुन व्यवसायीबाट जिल्लाको आदेश बदर गरेर तारेखमै मुद्दा पुर्पक्ष गर्न पाउँ भन्दै निवेदन आएको छ,’ उपरजिष्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले नेपाल समयसँग भने, ‘अब निवेदनउपर पहिलो सुनुवाइ भोलि नै हुन्छ। जिल्ला अदालतले के–के आधारमा कसरी निर्णय गर्यो, सम्भवतः भोलि त्यसको कैफियत प्रतिवेदन माग हुन्छ। त्यसपछि हुने सुनुवाइले मात्रै जिल्लाको फैसला सदर या बदर के गर्ने भन्ने आदेश हुन्छ।’

यही चैत १० गते पललाई जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। सोही मुद्दामा बलात्कार मतियारको अभियोग लागेका पलका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटी तिराएर छाड्न आदेश भएको थियो। 

चैत ७ गते जिल्ला प्रहरी कार्यलय तनहुँले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनको आधारमा चैत ८ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेको थियो। 

Shivam cement

मुद्दाउपर भएको थुनछेक बहसपछि न्यायाधीश ढुंगानाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पलका कानुन व्यवसायीहरुले केही दिन अघिबाटै उच्च अदालत जाने बताइरहेका थिए। पुर्पक्षका लागि थुनामा पठाउन गरिएको आदेश  कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएको भन्दै उनीहरुले पुनरावेदन चढाएका हुन्।  

नाबालिग गायिकाका बुबाले गत फागुन ११ गते छोरीमाथि पलले बिहेको प्रलोभन देखाउँदै पटक पटक करणी गरेको जाहेरी दिएका थिए। पलले अन्तिम पटक करणी गरेको घटनास्थल गत वैशाख १४ गते तनहुँ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदीप थापाको घरमा भएको भन्दै पीडित परिवार जाहेरी लिएर तनहुँ प्रहरीमा पुगेको थियो। 

जिल्ला अदालतको थुनछेक आदेशपछि पल अहिले जिल्ला कारागार तनहुँमा राखिएका छन्। उनलाई राखिएको कारागारको बी ब्लकमा अहिले १४० जना कैदीबन्दी छन्। कारगारमा कुल कैदीबन्दीको संख्या भने २५८ जना हो। यो क्षमताभन्दा धेरै नै बढी हो।

प्रकाशित: Mar 29, 2022| 15:15 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।