बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • धरहरापछिको दोस्रो अग्लो भ्यु टावर तिलोत्तमामा उद्घाटन गरे ओलीले

धरहरापछिको दोस्रो अग्लो भ्यु टावर तिलोत्तमामा उद्घाटन गरे ओलीले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमामा भ्यु टावर उद्घाटन गरेका छन्।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमामा भ्यु टावर उद्घाटन गरेका छन्। ९ करोड रुपैयाँमा बनेको भ्यु टावर ओलीले मंगलबार उद्घाटन गरेका हुन्। 

National life

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाको लिवाङमा ६ करोडको भ्यु टावर उद्घाटन गरेको भोलिपल्ट ओलीले तिलोत्तममा भ्यु टावर उद्घातन गरेका हुन्।

तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा निर्मित बहुउद्देश्यीय टावरमा ९ करो खर्च भएको छ। तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन बढाउन उक्त बहुउद्देश्यीय भ्यु टावर निर्माण गरिएको जनाएको छ।

नवनिर्मित टावरमा होटल, सपिङ सेन्टर, कफी बार, पुस्तकालय, पौडी पोखरी र दृश्यावलोकनका लागि अन्य सुविधा रहेका छन्। नगरपालिकाले निर्माण गरेको लिफ्ट सुविधासहितको यो १० तले टावर १ सय ३४ फिट अग्लो छ। २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको यो टावरलाई धरहरापछिकै अग्लो दाबी गरिएको छ।



Shivam cement

प्रकाशित: Mar 29, 2022| 12:55 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।