सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुरक्षाकर्मीको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको दायित्व : मन्त्री कार्की

सुरक्षाकर्मीको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको दायित्व : मन्त्री कार्की

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले सुरक्षार्कीको आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

झापा- प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सुरक्षाकर्मीको सुरक्षा गरेमा सुरक्षाकर्मीले आम नागरिकहरूको सुरक्षा गर्न सक्ने हुँदा उनीहरूको गाँस, बास र कपासलगायत आधारभूत आवश्यकतामा ध्यान दिनु सरकारको दायित्व भएको बताए।

National life

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले सुरक्षार्कीको आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए। त्यस अवसरमा मन्त्री कार्कीले जग्गादाता तथा निर्माणकार्यमा सहयोग पुर्‍याउनुहुने महानुभावहरूलाई प्रशंसापत्रद्वारा सम्मान प्रदान गरेका थिए।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट एक करोड ८८ लाख ८५ हजार ५७७ को लागतमा कार्यालय भवन, ब्यारेक, भान्साघर तथा शौचालयको भवन निर्माण भएको छ।

कार्यक्रममा प्रदेश नं १ प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले भवनको निर्माणमा प्रत्यक्ष–अप्रत्यक्षरूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्णमा धन्यवाद दिए।

कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी, प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्रलायका सचिव कालीप्रसाद पराजुली, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, चारआलीस्थित नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी फणिन्द्र थापालगायतको उपस्थिति थियो।     रासस

Shivam cement

प्रकाशित: Mar 29, 2022| 12:46 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।