सोमबार, असार ८, २०८३

कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता बढी

पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या आठ हजार ८७१ ले बढी छ। नौ वटा स्थानीय तह रहेको कञ्चनपुरमा सबैभन्दा बढी भीमदत्त नगरपालिकामा ६६ हजार ६५० मतदाता रहेका छन्।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

कञ्चनपुर- स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको संख्या दुई लाख ९५ हजार ३५४ रहेको छ।

National life

जसअनुसार पुरुष मतदाताको संख्या एक लाख ४३ हजार २४१, महिला मतदाताको संख्या एक लाख ५२ हजार ११२ रहेको छ।

पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या आठ हजार ८७१ ले बढी छ। नौ वटा स्थानीय तह रहेको कञ्चनपुरमा सबैभन्दा बढी भीमदत्त नगरपालिकामा ६६ हजार ६५० मतदाता रहेका छन्। सबैभन्दा कम मतदाता लालझाडी गाउँपालिकामा १४ हजार १४ रहेका छन्।

कृष्णपुर नगरपालिकामा ४० हजार ३३८, पुनर्वास नगरपालिकामा ३४ हजार ६३, बेलडाँडी गाउँपालिकामा १४ हजार ७३७ मतदाता छन्।  बेलौरीमा ३४ हजार ५३९, दोधाराचाँदनीमा २६ हजार ८०३, वेदकोटमा ३२ हजार ७६० र शुक्लाफाँटा नगरपालिकामा ३१ हजार ४४८ मतदाता रहेका छन्। 

कञ्चनपुरमा १३२ मतदानस्थल र ३४१ मतदान केन्द्र रहेका छन्। सबैभन्दा बढी भीमदत्त नगरपालिकामा २० मतदानस्थल र ७१ मतदान केन्द्र निर्धारण गरिएका छन्। बेलौरीमा १८ मतदानस्थल र ४२ मतदान केन्द्र, पुर्नवासमा १७ मतदानस्थल र ४० मतदान केन्द्र, दोधारा चाँदनीमा १६ मतदानस्थल र ३३ मतदान केन्द्र, कृष्णपुर नगरपालिकामा १५ मतदानस्थल र ४४ मतदान केन्द्र तोकिएका छन्।

Shivam cement

यसैगरी शुक्लाफाँटा नगरपालिकामा १४ मतदानस्थल र ३८ मतदान केन्द्र, बेदकोट नगरपालिकामा १५ मतदानस्थल र ३७ मतदान केन्द्र, लालझाडी गाउँपालिकामा नौ मतदानस्थल र १८ मतदान केन्द्र र बेलडाँडीमा आठ मतदानस्थल र १८ मतदान केन्द्र निर्धारण गरिएका छन्। 

निर्वाचन अधिकृत को-कहाँ?

वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले कञ्चनपुरमा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम मुख्य निर्वाचन अधिकृतमा मदनबहादुर धामीलाई नियुक्त गरिएको छ। आयोगले जिल्ला अदालतका न्यायाधीश धामीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ। भीमदत्त नगरपालिकामा धामी र उच्च अदालत महेन्द्रनगर इजलासका रजिष्ट्रार नरेन्द्रबहादुर बुढालाई कृष्णपुरमा खटाएको छ।

पुनर्वास नगरपालिकामा गृहमन्त्रालयका उपसचिव किरण जोशी, बेलडाँडी गाउँपालिकामा भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख सुरेन्द्र केसीलाई निर्वाचन अधिकृत तोकेको छ। बेलौरी नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता तारासिंह धामी, दोधाराचाँदनीमा वैदेशिक रोजगार विभाग काठमाडौंका निर्देशक डम्बरबहादुर सुनवारलाई खटाएको छ।

त्यस्तै लालझाडी गाउँपालिकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव कुलप्रसाद खनाल, बेदकोटमा जिल्ला अदालतका श्रेस्तेदार जयन्ती अवस्थी भट्ट, शुक्लाफाँटा नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत ताराप्रसाद जोशीलाई निर्वाचन अधिकृत बनाएको छ।

सुदूरपश्चिममा १६ लाख बढी मतदाता 

निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीअनुसार सुदूरपश्चिम प्रदेशको मतदाता संख्या १६ लाख ३२ हजार १५० रहेको छ। पुरुष मतदाताको संख्या आठ लाख ६६२, महिला मतदाताको संख्या आठ लाख ३१ हजार ४७० र अन्य १८ रहेको छ। सुदूरपश्चिम प्रदेशमा मतदानस्थलको संख्या एक हजार १३५ र मतदान केन्द्रको संख्या दुई हजार १०२ रहेको छ।     रासस

प्रकाशित: Mar 29, 2022| 12:37 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।