सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • करोडौँको लागतमा बनेको पर्वतको स्वास्थ्य चौकी भवन प्रयोगविहीन

करोडौँको लागतमा बनेको पर्वतको स्वास्थ्य चौकी भवन प्रयोगविहीन

स्थानीयवासीको विरोध हुँदाहुँदै कमजोर भूबनोटमा निर्मित स्वास्थ्यचौकी भवन आसपासको जमिन भासिएका कारण राज्यको करोडौँ रकम बेकामे भएको हो।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

पर्वत- झण्डै दुई करोडको लागतमा बनेको सुविधासम्पन्न स्वास्थ्यचौकी भवन वर्षौँदेखि प्रयोगविहीन भएको छ। पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवनबाट सेवा प्रवाह हुन सकेको छैन। जनशक्ति, बर्थिङ सेन्टर, गर्भवती जाँचलगायत सेवाका लागि आवश्यक उपकरणसमेत उपलब्ध भए पनि भवन प्रयोगविहीन भएको छ।

National life

स्थानीयवासीको विरोध हुँदाहुँदै कमजोर भूबनोटमा निर्मित स्वास्थ्यचौकी भवन आसपासको जमिन भासिएका कारण राज्यको करोडौँ रकम बेकामे भएको हो।

खाल्टाथरमा निर्मित भवनसहित जमिन भासिने र पहिराले पुर्न थालेपछि स्वास्थ्यचौकी निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सेवा सुरु हुन नसकेको हो। साढे एक तलाको नौ कोठे भवन करिब तीन रोपनीमा बनेको छ। लामो समयदेखि पुरानो र जीर्ण भवनबाट सेवा दिँदै आएको स्वास्थ्यचौकी तत्कालीन द्वन्द्वकालीन संरचना निर्माणको सूचीमा निर्माण भएको थियो।

नयाँ भवन बनेपछि सेवा–सुविधासमेत थप हुने आशामा बसेका स्थानीयवासी सेवा नपाउँदा निराश भएका छन्। निर्माण सकिने समयमा भवनको बाहिरी बरन्डातर्फको भाग सबै भासिएको थियो। पुनःनिर्माण सम्पन्न भएपछि पनि सेवा सुरु हुने गरी कार्यालय सर्न सकेको छैन। स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएपछि गाउँका सुत्केरीलाई स्वास्थ्य संस्थामै ल्याउने गरी जनशक्ति र आवश्यक उपकरणको व्यवस्थापन गर्न सकिन्थ्यो।

तर अहिले भइरहेको साँघुरो छाप्रोमा उपलब्ध उपकरण जडान गरेर सेवा दिन सक्ने अवस्था नरहेकाले त्यसै थन्क्याउनुपरेको स्वास्थ्यचौकीका इन्चार्ज शान्त अधिकारी बताउँछन्। ‘बस्ने ठाउँ छैन, ती उपकरण जडान गरेर सेवा विस्तार गर्ने धेरै परको कुरा भयो’, उनले भने। बर्थिङ सेन्टरसहित सेवा विस्तार गर्न नयाँ भवनमा सर्ने अवस्था नभएपछि नगरपालिकासँग बजार क्षेत्रमा दुईवटा कोठा माग गरिएको उनले बताए।

Shivam cement

उनका अनुसार स्वास्थ्यचौकीमा एक अधिकृतस्तरको सिनियर अहेब, एक स्टाफ नर्स, एक अनमी, दुई पाँचौँ तहका स्वास्थ्य सहयोगी र एक कार्यालय सहयोगी कार्यरत छन्। दुई कोठे छाप्रोबाट सेवा दिनुपर्दा सबै कर्मचारी बस्ने कुर्चीसमेत अट्ने ठाउँ नभएको स्वास्थ्यकर्मीको गुनासो छ।

अहिले भइरहेको साँघुरो छाप्रोमा उपलब्ध उपकरण जडान गरेर सेवा दिन सक्ने अवस्था नरहेकाले त्यसै थन्क्याउनुपरेको स्वास्थ्यचौकीका इन्चार्ज शान्त अधिकारी बताउँछन्। ‘बस्ने ठाउँ छैन, ती उपकरण जडान गरेर सेवा विस्तार गर्ने धेरै परको कुरा भयो’,

विसं २०७४ वैशाखमा भवन निर्माण सुरु भएको थियो। त्यसअघि नै स्थानीयवासीले विरोध जनाएका थिए। धाँजा फाटेको र पहिलेदेखि निरन्तर पहिरो खसिरहेको जमिनमा भवन निर्माण गरिएको स्थानीयवासीको भनाइ छ। ‘हामीले धेरैपटक त्यहाँ हुँदैन भनेका थियौँ’, स्थानीय एकनारायण श्रेष्ठले भने, ‘उतिबेला कुरा कसैले सुनेनन्, अहिले यो हालत भयो।’

तत्कालीन दलीय संयन्त्रका नाममा कांग्रेस, एमाले र माओवादीका स्थानीय नेताले पहिराको जोखिम भएको जग्गा छनोट गर्दा अहिले करोडौँ राज्यकोषको रकम दुरुपयोग भएको भूपेन्द्र पोखरेलले बताए। ‘अलि पल्तिरको डाँडाबारीमा जग्गा हुँदाहुँदै केही व्यक्तिले स्वार्थ पूरा गर्न यहाँ बनाए, हामीले विरोध गरेकै हो’, पोखरेलले भने, ‘ती व्यक्ति स्वार्थ पूरा भएपछि हराए, अहिले त्यसको मार हामी जनताले भोग्नुपरेको छ।’

स्वास्थ्यजस्तो गम्भीर विषयमा खेलवाड हुनु खेदजनक भएको स्थानीयवासीले बताएका छन्। भवन डिभिजन कार्यालय कास्कीमार्फत निर्मित उक्त भवन निर्माण सम्पन्न भएपछि पनि भवन संरक्षणकै लागि अरू लाखौँ रकम खर्चिसकेको छ।

एक प्राविधिकका अनुसार उक्त भवन आसपासको जग्गाकै कारण भवन जोगाउन तीनपटकसम्म लागत अनुमान गरी काम भइसकेको छ। भवन भएको स्थानको दुवैतर्फ कच्ची सडक र जमिनको भागसमेत कमजोर हुँदा पहिरो खस्ने र धस्सिने क्रम रोकिएको छैन।    रासस

प्रकाशित: Mar 29, 2022| 12:18 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।