बुधबार, असार ३१, २०८३

स्वर्गीय ब्रजाकीलाई सम्मान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रथम मौलिक नाटककार अमर साधक पहलमान सिंहको १३९ औं जन्मजयन्तीको अवसरमा पहलमान सिंह स्वाँर स्मृति प्रतिष्ठानद्धारा आयोजित पुरस्कार अर्पण समारोह कार्यक्रम सम्पन्न भएको छ । 
उक्त कार्यक्रममा नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरूभक्तको प्रमुख आतिथ्यमा प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको थियो । 

पहलमान सिंह दर्घ ‘साहित्य प्रतिभा पुरस्कार’ स्वर्गिय कथाकार मनु ब्रजाकीलाई मरणोपरान्त दिइएको छ । पुरस्कार राशी २५ हजार रहेको ब्रजाकीकी धर्मपत्नी ज्ञानीदेवी सिंह भण्डारीले ग्रहण गरेकी थिइन । 

त्यसैगरी पहलमान सिंह स्वाँर साहित्य प्रतिभा पुरस्कार कवी तिर्थ श्रेष्ठ, तारामान सिंह अम्बिका देवी स्वाँर पुरस्कार शिक्षाविद् प्रेमकुमार खत्री, बलमान सिंह चलचित्र पुरस्कार फिल्मकर्मी चेतन कार्की र पहलमान सिंह स्वाँर विषेश सम्मानबाट गजलकार ज्ञानुकार पोडेललाई सम्मान गरिएको छ । 

पुरस्कार राशी जनही १० हजार रहेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।