सोमबार, असार ८, २०८३

इटहरीमा बम विस्फोट हुँदा दुई जना घाइते

प्रहरीका अनुसार विस्फोटमा परी इटहरी २ हलगडाको नवजागृति टोलमा डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन्।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८
National life
Shivam cement

काठमाडौं- सुनसरीको इटहरीमा गएराति राती बम विष्फोट हुँदा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार विस्फोटमा परी इटहरी २ हलगडाको नवजागृति टोलमा डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन्। थापाको डेरा भित्रै गएराती  बम बिस्फोट भएको प्रहरीले जनाएको छ। 

घाइते मध्ये थापाको आँखामा चोट लागेको छ भने गुरुङको शरिरका विभिन्न अंगहरूमा चोट लागेको छ। थापाको विराटनगरको आँखा अस्पतालमा उपचार भइरहेको छ भने गुरुङको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जानाएको छ। 

विस्फोट भएको बम सुतली बम भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपालको पर्चा बरामद गरेको छ। हिमाल सुरक्षा परिषदको पर्चा सशस्त्र युद्धको घोषणा गरेको संगठन भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Mar 29, 2022| 10:27 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।