सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् उपलब्ध गराउछौं : ऊर्जामन्त्री भुसाल

मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् उपलब्ध गराउछौं : ऊर्जामन्त्री भुसाल

विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा विद्युतीकरणको मागसहित आएका त्यहाँका पर्यटन व्यवसायीसँग सोमबार साँझ पोखरामा भएको भेटमा उनले विद्युत् सुविधा नपुगेका क्षेत्रमा विद्युत् विस्तार सरकारको प्राथमिकतामा रहेकाले मर्दी क्षेत्रमा विद्युत् उपलब्ध गराइने प्रतिबद्धता जनाइन्।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

कास्की- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्। विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा विद्युतीकरणको मागसहित आएका त्यहाँका पर्यटन व्यवसायीसँग सोमबार साँझ पोखरामा भएको भेटमा उनले  विद्युत् सुविधा नपुगेका क्षेत्रमा विद्युत् विस्तार सरकारको प्राथमिकतामा रहेकाले मर्दी क्षेत्रमा विद्युत् उपलब्ध गराइने प्रतिबद्धता जनाइन्।

National life

ऊर्जामन्त्री भुसालले सरकारले उत्पादित बिजुली सकेसम्म स्वदेशमै खपत बढाउने योजना बनाएको बताइन्। उनले भनिन् ‘हाम्रो पहिलो प्राथमिकता विदेशमा निर्यातभन्दा पनि देशभित्रै खपत वृद्धि गर्ने हो। जसका लागि बिजुली नपुगेका क्षेत्रमा राष्ट्रिय प्रसारणको बत्ती पुर्‍याउने योजनामा सरकार छ। पर्यटन क्षेत्रलाई चाहिएजति बिजुली दिन प्रतिबद्ध छौँ।’ सरकारले आगामी दुई वर्षभित्रमा देशभर विद्युतीकरण गरिसक्ने गरी काम अघि बढाएको मन्त्री भुसालले जानकारी दिइन्।

मर्दी क्षेत्रमा पर्यटकको चाप बढेसँगै होटल खुल्ने क्रम वृद्धि भए पनि बिजुली नहुँदा आफूहरू समस्यामा परेको पर्यटन व्यवसायीले गुनासो गरेका थिए। कास्कीमा अवस्थित चर्चित मर्दी हिमाल पदयात्रा क्षेत्रको डुँढखर्क, फरेष्ट क्याम्प, रेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प क्षेत्रमा हाल ५५ वटा होटलमा सञ्चालनमा छन्।

केही वर्षदेखि यता मर्दी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ। सो क्षेत्रमा विद्युत् विस्तार नहुँदा पर्यटन क्षेत्रमा असर पुगेको गुनासो व्यवसायीको छ। मर्दी क्षेत्रमा विद्युत् विस्तारका लागि सिदिङ वा कालीमाटीको टान्सर्फरबाट माथि लो क्याम्पसम्म हाइटेन्शन लगेर विद्युत् विस्तारका लागि विद्युत् प्राधिकरण पोखराले गत वर्ष सर्भे गरे पनि काम सुरु नभएको मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका संस्थापक सचिव एवं मर्दी हिमाल इको भिलेजका सञ्चालक शिवप्रसाद भण्डारीले बताए।

उनले विद्युत् सुविधा नहुँदा पर्यटकलाई मोबाइल र क्यामेरा चार्जदेखि इन्टरनेट सुविधा उपलब्ध गराउनसमेत कठिन भएको उनले बताए। फ्रिज, ओभनलगायतका उपकरणसमेत सञ्चालन गर्न नसकिएको भण्डारीको भनाइ छ। उनले भने, ‘मर्दी क्षेत्रको मुख्य समस्या भनेकै बिजुली हो। बिजुली नहुँदा अहिले पर्यटकलाई चाहेजस्तो सुविधा दिन सकिएको छैन। मोबाइल र क्यामेरा चार्ज गर्न पनि समस्या छ। पर्यटक बढेसँगै होटल अत्यधिक बढे तर पर्यटकलाई सुविधा भएन।’ पदयात्रामार्गको कालिमाटी र घलेल तथा प्रितम देउरालीसम्म मात्र अहिले प्राधिकरणको विद्युत् सेवा पुगेको छ। विद्युत् नपुगेको पर्यटकीय क्षेत्रमा हाल सोलारबाट बत्ती बाल्ने गरिएको छ। रासस

Shivam cement

प्रकाशित: Mar 29, 2022| 08:47 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।