बिहीबार, साउन २८, २०८३

चुनावको मुखमा ३६ जना डीएसपीको सरुवा

प्रहरी प्रधान कार्यालयले सोमबार ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरूवा गरेको छ।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं- प्रहरी प्रधान कार्यालयले सोमबार ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरूवा गरेको छ। स्थानीय निर्वाचनको  आचारसंहिता लागू हुनु अघिल्लो दिन राति डीएसपीहरु सरूवा भएका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत कुमार मैनाली इलाका प्रहरी कार्यालय सिरहा पुगेका छन्। सोही ब्युरोका रुगमबहादुर कुँवर इलाका प्रहरी कार्यालय अनारमनी झापामा पुगेका छन्।

बेदप्रसाद गौतम जिल्ला प्रहरी कार्यालय उदयपुरबाट इलाका प्रहरी कार्यालय पथरी पुगेका छन्। ऐनबहादुर मल्ल इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा सरूवा भएका छन्। इलाका प्रहरी कार्यालय पथरीमा रहेका कृष्ण खड्कालाई अख्तियारको मुख्य कार्यालय टंगालमा सरूवा गरिएको छ।

हेर्नुस् पूरा सूची

प्रकाशित: Mar 29, 2022| 06:21 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।