बुधबार, कात्तिक १९, २०८२

प्रहरी हत्यामा संलग्नताको आशंकामा २० जना पक्राउ

मोरङको लेटाङ नगरपालिकामा महिला प्रहरी जवानको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८
Kumaribank
Metro Mart

विराटनगर– मोरङको लेटाङ नगरपालिकामा महिला प्रहरी जवानको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चैत ६ गते आइतबार लेटाङको खेरुवास्थित शिक्षा विकास माविमा भएको घटनामा संलग्न भएको आरोपमा २० जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका घर भई लेटाङ–५ मा बस्ने २० वर्षीय कृष्ण विक, स्थानीय प्रदीप राई, प्रह्लाद खड्का, प्रनिश कट्टेल, सञ्जीव प्रधान, निशा पुलामी मगर, सुरज अधिकारी, सञ्जय मगर, जस्मिन पोखरेल, सुनिल लिम्बू, अर्पण परियार, पासाङ तामाङ, चन्द्र तामाङ, रविन राई, रविन तामाङ, लेटाङ–६ का श्रवण यादव, पालाराम राई, राम राई, सन्तोष पौडेल, हिमाल श्रेष्ठ रहेका छन्।

पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। घटनाबारे १ नम्बर प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद चौधरी नेतृत्वको पाँच सदस्यीय टोलीले अनुसन्धान गरिरहेको छ।

शिक्षा विकास माविमा कक्षा ७ मा अध्ययनरत छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेपछि भड्किएको हिंसामा २६ वर्षीया प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो।

प्रकाशित: Mar 29, 2022| 06:06 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।