काठमाडौं- अबैध कल वाईपास भिओआइपी संचालन गर्ने रुपन्देहिका रामप्रसाद न्यौपानेलाई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरो सिआईबीको टोलीले घरमै कल बाईपास भिओआइपी सञ्चालन गरेर बसेका न्यौपानेलाई पक्राउ गरेको हो ।
उनले रुपन्देहीका तिलोत्तमा नगरपालीका ८ झुलेनीपुरको आफ्नै घरमा भिओआईपी संचालन गदै आएको सिआईबीलजे जनाएको छ ।
पाकिस्तानका नागरीक सोयब खानको सहयोगमा न्यौपानेले तीन महिनादेखि भिओआईपी संचालन गदै आएका थिए ।
न्यौपानेको साथबाट भिओआईपी संचालन गर्ने एक सय ७७ विभिन्न उपकरण समेत बरामद गरेको छ ।
सिआईबीले हालसम्म एक सय ६ भिओआइपी संचालन गरेको स्थानमा छापा मार्दा एकसय ६४ जनालाई नियन्त्रणमा लिई ११ अर्ब ९१ करोड एकलाख १६ हजार एकसय त्रिसठी रुपैयाँ मागदाबी गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४