बुधबार, असार ३१, २०८३

कांग्रेसका पुराना नेता आचार्यको निधन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नुवाकोट- नेपाली कांग्रेसका पुराना नेता विष्णुबहादुर आचार्यको शनिबार राति निधन भएको छ । पाचन ग्रन्थीको क्यान्सरबाट पीडित आचार्यको उपचारका क्रममा काठमाडौंको वीर अस्पतालमा निधन भएको हो । 

शनिबार साँझ एक्कासी बान्ता हुने र शरीरमा असजिलो भएपछि उपचारका लागि अस्पताल पुर्‍याइएका उनको राति निधन भएको आचार्यका सहकर्मी तथा नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति ध्रुव अधिकारीले जानकारी दिए । 

विसं २०३३ देखि काँग्रेसको राजनीतिमा होमिनुभएका आचार्यलाई काँग्रेसले पञ्चायतविरुद्ध ‘आउट पोष्ट’ कब्जा गर्ने नीतिअनुरुप २०४४ सालमा काँग्रेसका तर्फबाट विदुर नगरपालिकाको निर्वाचनमा प्रमुखमा उम्मेदवार बनाएको थियो । पार्टी जिल्ला कमिटीका सदस्य, सहसचिव र सचिव हुँदै २०४६ सालको जनआन्दोलनताका आचार्य जिल्लामा पार्टीको उपसभापति भएर सक्रिय थिए । 

नुवाकोटको प्रजातान्त्रिक आन्दोलनमा आचार्यको योगदानलाई भुल्न नसकिने काँग्रेसका पूर्वसभापति अधिकारीले बताए । प्रजातान्त्रिक आन्दोलनका क्रममा आचार्य पटक पटक कारागारसमेत परेका थिए । विसं २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनका क्रममा पनि उनी कारागार परेको पूर्वसभापति अधिकारीले बताए । 

पछिल्लो समय आचार्य बिपी विचार मञ्चका जिल्ला अध्यक्ष र बिपी. विचार मञ्चका केन्द्रीय सदस्य थिए । स्व आचार्यका श्रीमती, दुई छोरा र तीन छोरी छन् । रासस
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।