काठमाडौं–सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको बिषयमा संसदलाई जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।
प्रतिनिधिसभामा आइतबार शुन्य र विशेष समयमा बोल्ने अधिकांस सदस्यहरुले किशोरी पन्तको हत्या प्रकरणको बिषयमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुख महराले सरकारलाई यस्तो रुलिङ गरेका हुन् ।
सभामुखले संविधानको धारा ९१ को उपधारा २ बमोजिम सभामुख र उपसभामुखको बिषयमा सांसदहरुलाई छलफल नगर्न निर्देश गरेका छन्। उनले सो बिषय अदालतमा बिचाराधिन भएकोले संविधानको धारा १०५ बमोजिम बिचाराधिन भएकोले न्याया निरुपणमा गम्भिर असर गर्ने सो बिषयमा छलफल गर्न नमल्ने बताए।
बलात्कारीलाई कारबाही गर्न माग
प्रतिनिधिभाको आइतबारको बैठकमा शुन्य र विशेष समयमा बोल्ने सांसदहरुले कञ्चभनपुरकी किशोरी १३ बर्षिया निर्मला पन्तको बलात्कारबाट हत्या गरिएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन्।कांग्रेस सांसद उमा रेग्मीले दोषीलाई प्रहरीले कारबाही गर्नुसको सट्टामा न्याय माग्न गएका स्थानीय महिलालाई कुटपीट गरी दमन गरेको बताइएन।
सत्तारुढ संघीय समाजवादी फोरमकी सरिता गिरीले किशोरी पन्तको बलात्कारपछि हत्या भएको र घटनाको प्रमण नष्ट गर्न किशोरीले लगाएको ट्राउजरलाई पानीमा पखाल्ने काम सरकारी अधिकारीले गरेको दाबी गरेकी छन्। गिरीको प्रश्न थियो, बलात्कारपछि निर्मलाको ट्राउजर कसले किन पखाल्यो ?
उनले स्थानीय जनतालाई प्रहरीले लाठी प्रहार गरेर दमन गरी दोषीको नाम सार्वजनिक नगरी गुपचुप राखेको बताइएन। कांग्रेस सांसद लक्ष्मी परियारले कागले कागको नाम काट्छ भने झै लाछमाथि राजनीति गर्नेहरुले कञ्चनपुरमा बलात्कारपछि मारिएका पन्तको हत्यारा र बलात्कारीलाई कारबाही गर भन्दा सरकारले प्रहरी लगाएर दमन गरेको बताइन।
सांसद बिना बुढाथोकी, रंगमति शाही, ज्ञानुकुमारी छन्त्याल लगायतले १३ बर्षीय वालिकाको बलात्कारपछि हत्या भएको ४ दिन वितिसक्दा पनि प्रहरीले नखोजेको र दोषीलाई कारबाहीको माग गर्दा र न्याय माग्न गएका महिलालाई प्रहरीले लाठी प्रहार गरी दमन गरेको बताए।
शून्य समयमा बोल्दै सांसद देवप्रसाद गुरुङले प्रकृति संरक्षण कोष एकात्मक शासन शैलीको जस्तो भएकाले संघीय संरचना अनुसार बनाउन माग गरेका थिए।
ठूलाबढालाई १५ हजारको पानी रौतहटवासीलाई आर्सेनिक ?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४