सोमबार, असार ८, २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्।

National life

उदयपुर, चौदण्डीगढी नगरपालिका-१० देबधारस्थित सडकमा स१ह ३१९२ नम्बरको टेम्पोलाई नम्बर नखुलेको सवारी साधनले आइतबार दिउँसो ठक्कर दिँदा टेम्पोमा सवार चौदण्डीगढी नगरपालिका-६ बेल्टार बजार बस्ने ७० वर्षीय डण्डीराम तिम्सिनाको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको चौदण्डीगढी नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका टेम्पो चालकसहित दुई जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी उदयपुर, कटारी नगरपालिका-११ हर्देनीस्थित सडकमा प्रदेश १-०७-००१ ज ००११ नम्बरको गाडी अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार ओखलढुंगा सुनकोशी गाउँपालिका-४ च्यानम बस्ने ५४ वर्षीय खेमबहादुर कार्कीको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको  हो। दुर्घटनामा घाइते भएका मध्ये १० जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने तीन जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। 

Shivam cement

चितवन, कालिका नगरपालिका-६ स्थित सडकमा बा७१प ९५९५ र ना३२प ६५३३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा बा७१प ९५९५ नम्बरको मोटरसाइकल चालक रत्ननगर नगरपालिका-१२ बस्ने १९ वर्षीय प्रबिन परियारको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। ना३२प ६५३३ नम्बरको मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Mar 28, 2022| 13:08 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।