सोमबार, असार ८, २०८३

चितुवाको छालासहित ललितपुरबाट एक जना पक्राउ

चितुवा छालासहित ललितपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

ललितपुर- चितुवा छालासहित ललितपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

National life

७ फिट ३ इन्च लम्बाई र ३ फिट ९ इन्च चौडाई भएको छालासहित काठमाडौं सामाखुसी गणेशस्थान डेरा गरी बस्ने वाग्लुङ तमान गाउँपालिका-४ घर भएका २७ वर्षीय नरबहादुर गौतमलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित ललितपुर महानगरपालिकाको भवन अगाडि सडकमा बा२ज ४९५१ नम्बरको ट्याक्सीमा सवार उनलाई प्रहरीले जाँच गर्नेक्रममा बोराभित्र प्लाष्टिकले बेरी राखेको उक्त छालासहित पक्राउ गरेको हो।

उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 28, 2022| 13:03 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।