बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टेप्पुमा सवार दुई जना लागूऔषधसहित प्रहरी नियन्त्रणमा

टेप्पुमा सवार दुई जना लागूऔषधसहित प्रहरी नियन्त्रणमा

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराबजार बस्ने १९ वर्षीय रवि विक र कमलामाई नगरपालिका-५ बस्ने २१ वर्षीय सुमन कुमार श्रेष्ठ रहेका छन्।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

धनुषा- महोत्तरीबाट प्रहरीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराबजार बस्ने १९ वर्षीय रवि विक र कमलामाई नगरपालिका-५ बस्ने २१ वर्षीय सुमन कुमार श्रेष्ठ रहेका छन्।

गौशालाबाट बर्दिबासतर्फ आउँदै गरेको अटो टेम्पोमा सवार केही व्यक्तिले लागूऔषध बोकी ओसारपोसार गरिरहेको भन्ने  सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका-५ माईस्थानस्थित चेकप्वाइन्टमा ज१ह १९३९ नम्बरको अटो टेम्पोलाई रोकेर खानतलासी गर्दा टेम्पुको पछाडि पट्टीको डिक्कीमा लुकाई छिपाई बोकी ल्याएको लागूऔषध बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासले  जनाएको छ।

उनका अनुसार क्लोरोफेनारामाइन मेलेट सिरप एक्सीप्लोन १०० एमएलको ५ बोत्तल, नाइट्राभेट–१० लेखिएको १९ चक्की र ट्रमाडोल क्याप्सुल ८ चक्की बरामद गरिएको छ।

लागूऔषधसहित पक्राउ परेका विक र श्रेष्ठलाई  महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

प्रकाशित: Mar 28, 2022| 11:26 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।