बुधबार, कात्तिक ११, २०८३

ओस्करमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड जेन क्याम्पियनलाई

फिल्म क्षेत्रको विश्वकै प्रतिष्ठित ओस्कर एकेडेमी अवार्ड अन्तर्गत ९४औं संस्करणका विभिन्न विधामा विजेता घोषणा भएका छन्।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं– फिल्म क्षेत्रको विश्वकै प्रतिष्ठित ओस्कर एकेडेमी अवार्ड अन्तर्गत ९४औं संस्करणका विभिन्न विधामा विजेता घोषणा भएका छन्।

ओस्करको ९४औं संस्करणमा सर्वोत्कृष्ट निर्देशकको उपाधि जेन क्याम्पियनले उचालेकी छन्। उनले ‘द पावर अफ दि डग’का लागि उनले यो उपाधि पाएकी हुन्। उनी निर्देशित फिल्म सबैभन्दा धेरै विधामा मनोनयनमा पर्न सफल भएको थियो।

उत्कृष्ट फिल्मको उपाधि ‘कोडा’ले जितेको छ। सियान हेडर निर्देशित फिल्मले डिफ परिवारमा जन्मिएकी महिलाको सांगीतिक यात्राबारेको कथा भन्छ। सबैभन्दा धेरै विधामा मनोनयनमा पर्ने पहिलो महिला निर्देशक पनि जेन नै हुन्। पावर अफ दि डग सँगै ओस्कर दुईपटक मनोनयनमा पर्ने महिला निर्देशकको रेकर्ड पनि जेनले तोडेकी छन्।

उत्कृष्ट अभिनेत्रीको उपाधि जेसिका चास्टेनले जितेकी छन्। उनले ‘द आइज अफ टेमिफेइ’का लागि जितेकी हुन्।

ओस्कर अवार्ड विजेताहरु

अन्तराष्ट्रिय फिचर फिल्म

ड्राइभ माई कार

उत्कृष्ट फिल्म

कोडा

उत्कृष्ट निर्देशक

जेन क्याम्पियन (द पावर अफ द डग)

उत्कृष्ट अभिनेता

विल स्मिथ (किङ रिचार्ड)

उत्कृष्ट अभिनेत्री

जेसिका चास्टेन द आइज अफ टेमी फेई

उत्कृष्ट सहअभिनेता

ट्रोय कटसर (कोडा)

उत्कृष्ट सहअभिनेत्री

अरियाना डेबेस (वेस्ट साइड स्टोरी)

एनिमेटेड फिचर फिल्म

इन्कान्टो

सिनेम्याटोग्राफी

डुन (ग्रिग फ्रेसर)

कस्ट्युम डिजाइन

इन्कान्टो

डकुमेन्ट्री फिचर

समर अफ सोल

सर्ट फिल्म (एनिमेटेड)

द विन्डशिल्ड वाईपर

सर्ट फिल्म (लाइभ एक्सन)

लङ गुडबाई

प्रकाशित: Mar 28, 2022| 11:13 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।