सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनस्वास्थ्य अधिकृतको व्यवस्था गर्न जनस्वास्थ्य संघको माग

जनस्वास्थ्य अधिकृतको व्यवस्था गर्न जनस्वास्थ्य संघको माग

नेपाल जनस्वास्थ्य संघले स्थानीय तहमा समग्र स्वास्थ्य व्यवस्थापनका लागि जनस्वास्थ्य अधिकृतको पद सिर्जना गरी यथाशिघ्र लोकसेवा आयोगबाट पदपूर्ति हुने व्यवस्था गर्न माग गरेको छ।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- नेपाल जनस्वास्थ्य संघले स्थानीय तहमा समग्र स्वास्थ्य व्यवस्थापनका लागि जनस्वास्थ्य अधिकृतको पद सिर्जना गरी यथाशिघ्र लोकसेवा आयोगबाट पदपूर्ति हुने व्यवस्था गर्न माग गरेको छ।

National life

संघले आइतबार स्वास्थ्य सचिवलाई भेटेर चार बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। जसमा जनस्वास्थ्य अधिकृतको पद सिर्जना गर्न माग गरिएको छ।

संघले स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायहरुको कार्य विश्लेषणबमोजिम तयार गरिएको जनस्वास्थ्यविज्ञहरुको ११औं तहको पदमा सही व्यक्ति सही पदको जिम्मेवारी तुरुन्त दिइनुपर्ने, जनस्वास्थ्यकर्मीहरूको वृत्तिविकासका लागि हालको इल्थ इनस्पेक्सन समूहको सातौदेखि दसौं तहका पदको तुलनामा ११औं तहको पद अत्यन्त कम भएकाले उक्त पद सिर्जना गर्नुपर्ने माग गरिएको छ। 

यस्तै जनस्वास्थ्य अधिकृत तथा सोभन्दा माथिका पदहरु संघीय सरकारअन्तर्गत राखी आवश्यकताअनुसार खटनपटन र व्यवस्थापन गरिनुपर्ने माग गरेको छ।



Shivam cement

प्रकाशित: Mar 28, 2022| 11:06 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।