बिहीबार, साउन २८, २०८३

१३ किलो चाँदीका गहना लुटपाट संलग्न चार जना पक्राउ

१३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार भएका चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

मोरङ- १३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार भएका चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा झपाको दमकका २४ वर्षीय सविन बिक, सुनसरीको इटहरीका २४ वर्षीय बादल बिक, महोत्तरीको बर्दिबासका २४ वर्षीय मनोज ठाकुर र उदयपुरको रौतामाईका विशाल बिक रहेका छन्। 

चैत ८ गते उनीहरूले झापाको दमक नगरपालिका वडा नम्बर १ मा रहेको पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटले बोकेको गरगहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको अवस्थामा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ वेतनास्थित सडक खण्डमा उनीहरू उक्त चाँदीका गरगहना लुटी फरार भएका थिए। 

प्रहरीले उनीहरूको साथबाट लुटिएको सामान नियन्त्रणमा लिई जिल्ला अदालत मोरङबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जनाएको छ। 

प्रकाशित: Mar 28, 2022| 10:35 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।